काठमाडौं १० फागुन । मिडफिल्डर दिनेश हेन्जन गोलाप्रथाबाट काठमाडौँ रेजर्स पुगेका छन्। तीन टोलीले ४ लाख रुपैयाँमा बोली लगाएपछि क्याटोगोरी एका दिनेश गोलाप्रथाबाट काठमाडौँ पुगेका हुन्। जारी अक्सनमा सर्वाधिक बोली लाग्ने दिनेश दोस्रा खेलाडी हुन्। उनले यसअघि ललितपुरबाट एनएसएल खेलेका थिए।