ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साविक विजेता पाकिस्तानविरुद्ध भारतको लगातार दोस्रो जित


एबीसी न्यूज
फाल्गुन १२, २०८१ सोमबार  ८ : ११ बजे

काठमाडौं १२ फागुन । विराट कोहलीको शतकीय पारीमा साविक विजेता पाकिस्तानलाई पराजित गर्दै भारतले आईसीसी च्याम्पियन्य ट्रफीमा लगातार दोस्रो जित दर्ता गरेको छ।

आइतबार राति सकिएको खेलमा भारतले चिरप्रतिद्वन्दी पाकिस्तानमाथि ६ विकेटको जित निकाल्दै सेमिफाइनल नजिक पुगेको हो।

लगातार दोस्रो जितसँगै समूह ए मा रहेको भारत ४ अंकसहित शीर्ष स्थानमा छ। यता लगातार दोस्रो खेलमा हार भोगेको पाकिस्तान भने अंकविहिन रुपमा पुछारमा छ।

लगातार दोस्रो हारसँगै पाकिस्तान च्याम्पियन्स ट्रफीको उपाधि दौडबाट बाहिरिने लगभग पक्का भएको छ।

अंक गणितीय सम्भावना मात्र जिवित रहेको पाकिस्तान सेमिफाइनलमा पुग्न अन्य नतिजा आफु अनुकुल आउनुपर्नेछ। भने अर्को खेलमा बंगलादेशमाथि फराकिलो जित निकाल्दै नेटरनरेट बलियो बनाउनुपर्ने हुन्छ।

पाकिस्तानले दिएको २ सय ४२ रनको सामान्य लक्ष्य भारतले ४२।३ ओभरमा ४ विकेटको क्षतिमा सहजै भेट्यो।

भारतको जितमा कोहलीले शतकीय पारी खेले। १ सय ११ बलमा ७ चौका प्रहार गर्दै शतक पूरा गरेका कोहली नटआउट पेभेलियन फर्के। यस ऐरले ५६ तथा शुभमन पगलले ४६ रन थपे।

त्यसअघि युएईको दुवई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पाकिस्तान २ बल अगावै २ सय ४१ रनमा अलआउट भयो।

पाकिस्तानका लागि साउद सकिलले बनाएको ६२ रन नै सर्वाधिक रह्यो। कुनै पनि ब्याटरले सम्झनलायक प्रर्दशन गर्न सकेनन्।

च्याम्पियन्स ट्रफीमा आज समूह ए अन्तर्गत बंगलादेश र न्युजिल्यान्ड भिड्दैछन्। बंगालदेश आजको खेलमा न्युजिल्यान्डलाई हराउँदै सेमिफाइनल सम्भावना जिवित राख्न चाहन्छ।

आजको खेलमा न्युजिल्यान्डले जित निकालेको अवस्थामा बंगलादेशसँगै पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना समेत सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com