ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

च्याम्पियन्स ट्रफीमा भारतको लगातार दोस्रो जीत , पाकिस्तान ६ विकेटले पराजित


एबीसी न्यूज
फाल्गुन १२, २०८१ सोमबार  ७ : ५६ बजे

काठमाडौं १२ फागुन । च्याम्पियन्स ट्रफीमा पाकिस्तानलाई हराउँदै भारतले लगातार दोस्रो जीत हासिल गरेको छ ।

हिजो भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको लक्ष्य भारतले ४२ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

भारतको जितमा विराट कोहलीले नट आउट रहँदै सर्वाधिक १ सय रन जोडे । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले २ तथा अबरार अहमद र खुसदिल साहले समान १ विकेट लिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९ ओभर ४ बलमा २ सय ४१ रनमा समेटियो ।

पाकिस्तानका लागि सउद सकिलले सर्वाधिक ६२ रन जोडे । भारतका लागि कुलदिप यादवले ३, हार्दिक पाण्ड्याले २ तथा हर्षित राना, अक्षर पटेल र रविन्द्र जडेजाले समान १ विकेट लिए ।

भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल यूएईमा भइरहेको छ । यसअघि भारतले बङ्गलादेशलाई पनि ६ विकेटले पराजित गरेको थियो ।

च्याम्पियन्स ट्रफीमा भारत दुई खेलमा अपराजित रहँदै ४ अङ्कका साथ समूह ‘ए’ को शीर्ष स्थानमा छ । पाकिस्तान २ खेलमा अङ्कविहीन रहँदै समूह ‘ए’ को पुछारमा छ ।

प्रतियोगितामा आज बङ्गलादेश र न्युजिल्याण्ड खेल्दैछन् । पाकिस्तानको रावलपिन्डिमा हुने खेल दिउँसो पौने ३ बज शुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com