ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानसेनापति म्याराथनमा नेपाली सेनाका खड्का प्रथम


एबीसी न्यूज

काठमाडौं १० फागुन । यस वर्षको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगितामाअन्तर्गत ४२ किमि दूरीको दौडमा रणशेर गणका हुद्दा खड्गबहादुर खड्का प्रथम भएका छन्।

सैनिक मुख्यालय परिसरस्थित खेल मैदानमा आज आयोजित समारोहमा रक्षामन्त्री मानवीर राईले उनलाई रु तीन लाखसहित ट्रफी र पदक प्रदान गरे।

कूल तीन सय तीन धावक सहभागी प्रतियोगितामा कुमारी दल गणका प्युठ राजन रोकाय दोस्रो तथा सशस्त्र प्रहरी बल नेपालका गोपीचन्द्र पार्कीले तेस्रो स्थान हासिल गरे। उनीहरूलाई क्रमशः रु दुई लाख र एक लाख नगदसहित पदक र प्रमाणपत्र प्रदान गरियो।

त्यस्तै २१ किलोमिटर दूरीको हाफ म्याराथन खुला पुरुषतर्फ देवी दल गणका प्युठ मुकेश पाल प्रथम, शेर गण दलका अमलदार गजीन्द्र राई द्वितीय तथा गणेश दल गणका अमलदार नरेन्द्र रावल तृतीय घोषित भए।

प्रधानसेनापति अशोकराज सिग्देलले कूल आठ सय ६३ धावक सम्मिलित उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई क्रमशः रु ७५ हजार, ५० हजार र ३५ हजार नगदसहित प्रमणपत्र प्रदान गरे।

महिलातर्फको २१ किमि दूरीको हाफ म्याराथन प्रतियोगितामा सन्तोष श्रेष्ठ पहिलो, भगवती दल गणकी प्युठ पूर्ण लक्ष्मी न्यौपाने दोस्रो तथा गरुढ दल गणकी प्युठ निर्मला केसीले तेस्रो स्थान हासिल गरे। पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले उनीहरूलाई क्रमशः रु ७५ हजार, ५० हजार र ३५ हजार नगद र प्रमणपत्र प्रदान गरे।

दस किलोमिटर दूरीको सैनिक सहचारीतर्फको दौडमा भारतीय दूतावासका प्रेमलाल चौहान प्रथम, सोही दूतावासका विकास कुमार द्वितीय तथा बेलायती दूतावासका सुमन राई तृतीय भए। सेनाका अधिकृततर्फको १० किमि दौडमा उपसेनानी सन्तोष श्रेष्ठ, सहसेनानी सुरेन्द्र बस्नेत र उपसेनानी दीपराज खत्री क्रमशस् प्रथम, द्वितीय र तृतीय घोषित भए।

सेनाका महिला अधिकृततर्फको १० किमि दूरीको दौडमा उपसेनानीत्रय जिना गुरुङ, कुसुम तामाङ र अस्मिता जीसी क्रमशस् प्रथम, द्वितीय र तृतीय भए।

त्यस्तै सैनिक महाविद्यालय तथा विद्यालय र राष्ट्रिय सेवा दलका कक्षा १० देखि १२ कक्षासम्म अध्ययन छात्रतर्फ चाणक्य माध्यमिक विद्यालयका विश्वराज कुँवर, सैनिक आवासीय महाविद्यालयका अमित थिङ र राष्ट्रिय सेवा दलका छात्र सुजित मगरले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गरे।

त्यस्तै पाँच किमि दूरीको कक्षा १० देखि १२ सम्म अध्ययनरत छात्रातर्फ विजेश्वरी ज्ञान मन्दिरका आयुश्मा आचार्य, निकिता राउत र करुणा खड्का प्रथम, द्वितीय र तृतीय भए।

पाँच किमि दूरीका दौडमा सोही महाविद्यालय मातहतका कक्षा ७ देखि १२ सम्म अध्ययनरत छात्रतर्फ मौसम रोकाय, बवीन अधिकारी र दिपेश रिमाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भए। ती सबै विधाका दौड प्रतियोगितामा करिब दुई हजारको सङ्ख्यामा धावकको सहभागी रहेको नेपाली सेना सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले जनाएको छ।

सामाजिक एकताको प्रतीकका रूपमा रहेको खेलकुद क्षेत्रको विकास तथा नागरिक सैनिक सम्बन्ध प्रगाढ तुल्याउने उद्देश्यले सेना दिवसका अवसरमा विसं २०७२ देखि यो प्रतियोगिता सञ्चालन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com