काठमाडौं ८ फागुन । बेलायतका लागि रुसी राजदूत आन्द्रेई केलिनले युक्रेनमा चुनाव गराउनु आवश्यक रहेको बताएका छन्। बीबीसीको न्युजनाइट कार्यक्रममा उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको समयावधि सकिएकाले निर्वाचन हुनुपर्ने बताएका हुन्। युक्रेनमा जारी युद्ध अन्त्य गर्ने विषयमा हालै अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री ...