ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फ्रेडरिख मर्जले जर्मनीको निर्वाचन जिते पनि गठबन्धन बनाउने कठिनाइको सामना गर्दै


एबीसी न्यूज
फाल्गुन १२, २०८१ सोमबार   ६ : २४   बजे

काठमाडौं १२ फागुन । जर्मनीको निर्वाचनमा फ्रेडिख मर्जको नेतृत्वमा रहेको मध्य–दक्षिणपन्थी क्रिश्चियन डेमोक्रेटिक गठबन्धन सवैभन्दा ठूला दल बनेको छ ।
जर्मनीको निर्वाचनमा मध्य–दक्षिणपन्थी क्रिश्चियन डेमोक्रेटिक गठबन्धनले, फ्रेडरिख मर्जको नेतृत्वमा, सार्वजनिक प्रसारकको लागि गरिएको एक्जिट पोल अनुसार २९ प्रतिशत मत प्राप्त गरेको छ। कट्टर दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले १९.५ प्रतिशत मत प्राप्त गरेको छ । यो उसको अहिलेसम्मकै उत्कृष्ट नतिजा हो।
वर्तमान चान्सलर ओलाफ शोल्जको नेतृत्वमा रहेको सोशल डेमोक्रेट्स १६ प्रतिशत मतसहित तेस्रो स्थानमा खुम्चिएको छ भने ग्रिन्स १३.५ प्रतिशत मतसहित चौथो स्थानमा पाउने देखिएको छ । मर्जले सरकार निर्माण गर्न कम्तीमा एक वा दुई अन्य पार्टीसँग गठबन्धन गर्नुपर्नेछ। उनले एएफडीसँग सरकार बनाउने कुरालाई अस्वीकार गरेका छन्।

जर्मनीको निर्वाचनमा मतगणना जारी रहँदा विपक्षी कन्जरभेटिभ क्रिश्चियन डेमोक्र्याट्स (सीडीयू) र उनीहरूको बाभेरियन सहयोगी पार्टी क्रिश्चियन सोशल युनियन (सीएसयू) ले स्पष्ट विजय हासिल गरेका छन् । तर पनि यो विजय ३० प्रतिशत भन्दा कम मतसहित अपेक्षाकृत कमजोर प्रदर्शन हो । यसले नेता फ्रेडरिख मर्ज लाई गठबन्धन वार्तापछि मात्र ओलाफ शोल्जको स्थानमा चान्सलर बन्ने बाटो खोल्छ। कट्टर दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले करिब २० प्रतिशत मतसहित आफ्नो अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरेकाले बन्डेस्टाग(संसद)मा उसको सिट संख्या पहिलेभन्दा लगभग दोब्बर हुनेछ । यो पार्टीले आफ्नो पूर्वी गढहरूमा असाधारण रूपमा राम्रो प्रदर्शन गरेको देखिन्छ। पार्टीकी सह–नेतृ एलिस वाइडेलले यो ूऐतिहासिक सफलताू को प्रशंसा गरेको द इकोनोमिष्टले उल्लेख गरेको छ । करिब ८४ प्रतिशत योग्य जर्मनहरूले मतदान गरेका छन् । यो ३५ वर्षअघिको दुई जर्मनीको एकीकरण भएपछि यताको उच्च मतदान संख्या हो ।

मर्जले शोल्जको सोशल डेमोक्र्याट्स (एसपीडी) सँग गठबन्धन बनाउने आशा गरेका छन् । शोल्जको पार्टीले १६ प्रतिशत मतसहित आफ्नो इतिहासकै सबैभन्दा खराब हार बेहोरेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । । तर जर्मन निर्वाचन नियमअनुसार, केन्द्र–वाम र केन्द्र–दक्षिणपन्थी मुख्य पार्टीहरूले पहिले ‘ग्रान्ड’ गठबन्धन भनेर चिनिने सरकार बनाउन सक्छन् कि सक्दैनन् भन्ने कुरा पूर्ण रूपमा नयाँ ‘वाम–कन्जरभेटिभ’ सारा वागेनक्नेच्ट एलायन्स (बीएसडब्ल्यू) ले ५ प्रतिशत मत प्राप्त गर्छ कि गर्दैन भन्नेमा निर्भर रहने द गार्डियले उल्लेख गरेको छ । ५ प्रतिशत मत जर्मनीको थ्रेस होल्डको सीमा हो ।
यदि बीएसडब्ल्यूले थ्रेस होल्ड पार गरेमा ठूला पार्टीहरूलाई बहुमत प्राप्त गर्न ग्रिन्ससँग मिल्नुपर्ने हुनसक्छ । यस्तो हुन पुगेमा वैचारिक रूपमा जटिल त्रिपक्षीय गठबन्धन सरकार बनाउनु पर्ने वाध्यता हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group