ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प प्रशासनले विश्वव्यापी पुनर्संरचनामा युएसएआइडीका २ हजार जागिर कटौती


ABC News

काठमाडौं १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आइतबार घोषणा गरे अनुसार अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी) मा २ हजरा पदहरू खारेज गरेको छ । ह्वाइटहाउसको यो निर्णयले विश्वभरका सबै कर्मचारीहरूलाई प्रशासनिक बिदामा पठाइएको छ ।

गत शुक्रबार अमेरिकी जिल्ला न्यायाधीश कार्ल निकोल्स नेतृत्वको संघीय अदालतको निर्णयपछि ट्रम्प प्रशासनलाई सवै कर्मचारी हटाउने बाटो खुलेको हो । अदालतले प्रशासनलाई कार्यबल कटौती योजना अगाडि बढाउन अनुमति दिएको थियो । अदालतको यो निर्णयले एजेन्सीलाई विघटन गर्ने एक महिना लामो प्रयासमा ट्रम्प प्रशासनलाई सफलता मिलेको छ ।

यसखाले पुनर्संरचना अर्बपति इलन मस्क नेतृतवको प्रशासनको सरकारी दक्षता विभाग (डोज मार्फत व्यापक प्रयासको बीचमा भएको हो । डोज कार्यकारी आदेशद्वारा सिर्जित एक अनौपचारिक एजेन्सी भएपनि यसलाई संघीय एजेन्सीहरूको पुनर्गठन गर्ने अधिकार राष्ट्रपति ट्रम्पले प्रत्यायोजन गरेका छन् ।

युएसएआइडीको विश्वव्यापी सञ्चालनमा महाममरी व्यवस्थापन, खाद्य असुरक्षा सम्बोधन, र शिक्षा कोष प्रदान गर्ने जस्ता कार्यहरू समेत महत्वपूण भूमिका रहेको बताइंददै आएको थियो ।

आइतबार, फेब्रुअरी २३, २०२५ को राति ११ः५९ बजेदेखि प्रभावकारी रूपमा, युएसएआइडीका अधिकांश कर्मचारीहरूलाई विश्वव्यापी रूपमा प्रशासनिक बिदामा पठाइएको टाइमले उल्लेख गरेको छ ।
एजेन्सीको वाशिङ्टन मुख्यालय बन्द गरिएको छ, र विश्वभरका हजारौं सहायता र विकास कार्यक्रमहरू बन्द भएका छन्। विदेशमा रहेका कर्मचारीहरूले ३० दिनभित्र सरकारी खर्चमा अमेरिका फर्कनुपर्नेछ। ठेकेदारहरूलाई नाम नखुलेका समाप्ति पत्रहरू प्राप्त भएका छन्, जसले कामदारहरूलाई बेरोजगारी लाभ दाबी गर्न जटिलता उत्पन्न गर्न सक्ने चेतावनी दिएको द वाल स्ट्रिट जर्नलले लेखेको छ ।

अमेरिकी जिल्ला न्यायाधीश कार्ल निकोल्सले पहिलेको एक वक्तव्यमा भनेका थिएः “विदेशमा तैनाथ युएसएआइडीका कर्मचारीहरूलाई प्रशासनिक बिदामा राख्दा हुने जोखिम सुरुमा देखिएको भन्दा निकै कम रहेको छ।“

युएसएआइडीका उप–प्रशासक पिट मारोकोले बिहीबार अदालतमा दायर गरेको निवेदनमा भनेका छन् : “हालका कर्मचारीहरूको सुरक्षा र सुरक्षालाई सुनिश्चित गर्न उपयुक्त सबै उपायहरू गर्नुहोस्।“

एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले यस महिनाको सुरुमा एक्समा लेखेका थिएः “धेरैजसो सरकारहरू युएसएआइडी कोष आफ्नो देशमा बगाउन चाहँदैनन् किनभने उनीहरूले बुझ्छन् कि त्यो पैसाको ठूलो हिस्सा वास्तवमा कहाँ पुग्छ। विकास, लोकतन्त्र, र मानवअधिकारका लागि समर्थनको रूपमा बजार गरिए पनि, यी कोषहरूको अधिकांश हिस्सा विपक्षी समूहहरू, राजनीतिक एजेन्डा भएका गैरसरकारी संस्थाहरू, र अस्थिरता उत्पन्न गर्ने आन्दोलनहरूमा प्रवाहित हुन्छ।“ यस खाले प्रतिक्रियाले नेपाल र विशेषगरी भारतको संसद गर्माएको छ । सत्तारुढ विजेपी र विपक्षी कांग्रेसका बीचमा कुन दलले युएसएआइडीबाट कति रकम पाएका थिए भन्नेमा हिलो छ्याछ्याप चलिरहेको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुवियोले ल्याटिनी अमेरिकी देशहरुको भ्रमणको क्रममा बुकेलेसँग भेट वार्ता गरेका थिए । बुकेले एलसाल्भाडोरमा दक्षिणपन्थी तानाशाहका रुपमा चिनिन्छन् ।

के तपाईं युसएआइडीको बारेमा विस्तृतमा जान्न चाहनुहुन्छ ? यहाँ क्लिक गर्नुहोस् ।

ट्रम्प–मस्कको युएसएडआइडी बन्दको विश्वव्यापी आर्थिक शक! बाँकी विश्वसहित नेपालको तनाव – एबीसी व्रिफिङ

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com