ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनले खनिज सम्झौतामा हस्ताक्षर नगरे स्टारलिंक बन्द गर्ने अमेरिकी धम्की : रोयटर्स


ABC News

काठमाडौं १२ फागुन । संयुक्त राज्य अमेरिकाले युक्रेनको स्टारलिंक स्याटेलाइट इन्टरनेट टर्मिनलहरूमा पहुँच कटौती गर्ने धम्की दिएको छ । कीभले महत्वपूर्ण खनिज स्रोतहरू सम्बन्धी अमेरिकासँग सम्झौता नगरेको खण्डमा, अमेरिकाले अर्बपति इलन मस्क स्वामित्वको स्टारलिंक बन्द गर्ने धम्की दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
फेब्रुअरी २२ मा, टेस्ला, स्पेसएक्स र एक्सका सीईओ एलन मस्कले संयुक्त राज्य अमेरिकाले युक्रेनमा स्टारलिंक बन्द गर्ने धम्की दिएको भन्ने रिपोर्टको भने खण्डन गरेका छन् ।

अमेरिकी र युक्रेनी अधिकारीहरू हाल संशोधित खनिज सम्झौताका शर्तहरूमा वार्ता गरिरहेका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रारम्भिक प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी २१ मा दुवै पक्ष सम्झौतका लागि ‘धेरै नजिक’ हेको बताएका छन्।

अमेरिकी वार्ताकारहरूले युक्रेनले सम्झौतामा हस्ताक्षर नगरेमा कीभले अरबपति एलन मस्कको कम्पनी स्पेसएक्सको स्वामित्वमा रहेका स्टारलिंक टर्मिनलहरूमा पहुँच गुमाउने चेतावनी दिएका छन्, स्रोतहरूले रोयटर्सलाई बताए।

स्टारलिंक इन्टरनेट टर्मिनलहरूले युक्रेनमा युद्धको समयमा सञ्चार सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेलेका छन्। गत वर्ष, युक्रेनले करिब ४२,००० टर्मिनलहरू सेना, अस्पताल, व्यवसाय र सहायता संगठनहरूमा सञ्चालनमा रहेको बताएको थियो।

वाशिंगटनले पहिलो पटक जेलेन्स्कीले फेब्रुअरी १२ मा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले प्रस्तुत गरेको सम्झौता अस्वीकार गरेपछि स्टारलिंक सेवा बन्द गर्ने सम्भावना उठाएको थियो, स्रोतहरूले भनेका छन् । उक्त सम्झौता अनुसार अमेरिकाले युक्रेनको प्राकृतिक स्रोतहरूमा ५० प्रतिशत हिस्सेदारी मागेको छ । ती स्रोतहरुमा महत्वपूर्ण खनिज, तेल र ग्यास लगायत छन् ।

फेब्रुअरी २० मा कीभमा अमेरिकी विशेष दूत कीथ केलोगले जेलेन्स्की र अन्य युक्रेनी अधिकारीहरूसँग भएको वार्तामा स्टारलिंकको धम्की फेरि उठेको थियो।

एक स्रोतले रोयटर्सलाई बताए अनुसार स्टारलिंक पहुँच गुमाउनु युक्रेनका लागि विनाशकारी हुनेछ ‘युक्रेन स्टारलिंकमा चल्छ। उनीहरू यसलाई आफ्नो उत्तरी तारा मान्छन्’ स्रोतले भनेको छ ।

‘स्टारलिंक गुमाउन’ ….. ठूलो झट्का हुनेछ।’

स्पेसएक्सले पूर्ण–स्तरीय आक्रमणपछि युक्रेनलाई स्टारलिंक टर्मिनल सेवा प्रदान गर्न शुरू गरेको थियो । तर पछिल्लो समय , मस्कले युक्रेनको आलोचना गर्न थालेका छन्।

ट्रम्पले सरकारी बजेटबाट ‘ठगी’ र ‘फजुलखर्ची’ हटाउने जिम्मेवारी दिएका मस्कले अमेरिकी विकास सहायता एजेन्सी (यूएसएआईडी) बन्द गराइदिएका छन् ।

ट्रम्पले पनि जेलेन्स्कीले खनिज सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेपछि उनको आलोचना शुरू गरेका हुन् । उनले जेलेन्स्कीको राष्ट्रपतिको वैधानिकतामाथि प्रश्न उठाएका छन् र रूससँग शान्ति वार्तामा उनको महत्व नभएको समेत बताइसकेका छन्।

ट्रम्पले दुर्लभ पृथ्वीका खनिजहरूमा पहुँचको बदलामा निरन्तर अमेरिकी सहायता दिने युक्रेनसँग सम्झौता गर्न ट्रम्पले चाहेको बताइएको छ । कीभले ‘मूल रूपमा सहमत भएको’ ५०० बिलियन डलरको स्रोत सम्झौता गर्न सहमत भएको ट्रम्पले बताउँदै आएका छन् ।

संशोधित सम्झौताको सामग्री पुरै खुलासा नगरिएको भएपनि ट्रम्पले फेब्रुअरी २१ मा दाबी गरेका थिए – युक्रेन सम्झौताबाट ‘धेरै खुशी’छ र अमेरिकाले ‘हाम्रो पैसा फिर्ता पाउनेछ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com