काठमाडौं ११ फागुन । नेपाली कांग्रेसकी सांसद कुसुम थापाले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन संसदमा छलफल नभएको विषयमा प्रश्न उठाएकी छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा उनले प्रतिवेदनपछि सम्बन्धित समितिले दिएको निर्देशन कार्यान्वयन नभएको विषयमा पनि प्रश्न गरिन्। ‘प्रतिवेदनले औँल्याएका कमीकमजोरीहरू सुधार भई बेरुजु घट्नेभन्दा पनि झन्झन् बढिरहेको ...