ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाथीभरा केबलकार निर्माण तत्काल रोकेर स्थानीयसँग वार्ता गर्न सांसदहरूको माग


एबीसी न्यूज

काठमाडौं ११ फागुन । सांसदहरूले पाथिभरा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्न माग गरेका छन्।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आज उनीहरूले जनताले केबलकार निर्माणको प्रतिकार गर्न खोज्दा झडपको वातावरण बनेकाले समाधानका लागि आजै निर्माण रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

बैठकमा सांसद राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना बुझ्न नखोज्दा पाथिभारा रणमैदानमा परिणत भएको उल्लेख गर्दै एक व्यापारीको स्वार्थ पूर्ति गर्न समाजमा जनता लडाउने काम भएको टिप्पणी गरे।

‘सरकार किन अनदेखा गरेको रु मन्त्री स्तरको वार्ता गर्न सरकार किन तयार नभएको’, सांसद लिङ्देनले भने, ‘सरकारी तवरबाटै पाथिभारा क्षेत्र व्यापारीको हातमा दिनका लागि योजनाबद्ध रुपमा काम भएको छ, सुरुमा कञ्चनजंघा संरक्षण क्षेत्रबाट पाथिभारालाई अलग गरियो, त्यसपछि व्यापारीलाई केबलकार बनाउन दिन निर्णय गरियो।’

अहिले जनताको इच्छाविपरीत राज्यशक्ति लगाएर निर्माण अघि काम बढिरहेको बताउँदै उनले जनताले उक्त धार्मिक स्थलमा केबलकार नचाहेको र प्रतिकारमा उत्रिएको जानकारी गराए।

सांसद योगेश भट्टराईले ताप्लेजुङ् जिल्लास्थित पाथीभरा मुकुलुङ क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर केही दिनदेखि तनाव सिर्जना भइरहेको बताउँदै केबलकार बनाउने उचित हो वा होइन वार्ता र संवादबाट टुङ्ग्याउनुपर्ने बताए।

सांसद तोसिमा कार्कीले सो क्षेत्रमा केबलकार निर्माण विवादरहित बनाउनुपर्ने उल्लेख गर्दै सरकारले बल प्रयोग गरेर नभई वार्ताबाट समाधान खोज्नुपर्नेमा जोड दिइन्। साथै उनले सो आयोजनाको निर्माण तत्काल स्थगन गरेर सरोकारवाला सबैसँग संवाद गरेर समाधान गर्न सरकारसँग आग्रह गरिन्।

सांसद माधव सापकोटाले सुशासन कायम गर्न नसक्दा नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिष्ट’मा पुगेको बताए। उनले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङको कार्यकक्षमा दुव्र्यवहार गर्नेमाथि कारवाही नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए। सांसद तारा लामाले कञ्चनपुरको बेलडाँडीमा बस्ती हटाउने नाममा स्थानीय प्रशासनबाट जनता घाइते भएको आरोप लगाउँदै घाइतेको उपचार गर्न र दोषीमाथी कारवाही गर्न सरकारसँग माग गरे।

त्यस्तै सांसद पदम गिरीले गत आइतबार भारतको उडिसा राज्यको केआइआइटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको निधनप्रति दुःख व्यक्त गर्दै पीडितले आफूलाई मानसिक र शारीरिक यातना दिइरहेको र सुरक्षा चाहिएको भनेर जानकारी गर्दा पनि वेवास्ता गरिएकोप्रति भत्सर्ना गरे।

उनले त्यो घटनाप्रति आक्रोशित नेपाली विद्यार्थीहरूले विरोध गर्दा विश्वविद्यालयले स्थानीय गुण्डा र सुरक्षागार्ड लगाएर आफ्ना सामाना समेत लिन नपाइकन रेलवे स्टेसनमा पुर्‍याउने काम गरेको उल्लेख गर्दै विरोध जनाए।

सांसद रमा कोइरालाले विदेशमा भिजिट भिसामा जानेलाई कानुनी मान्यता दिन नहुने र गैरकानुनी बाटोबाट लगेर सूचीकृत गर्ने कुराप्रति सरकारको ध्यानाकर्षण गराइन्। उनले गैरकानुनीरुपमा मेनपावर कम्पनीले रोजगारीमा पठाएर कामदारलाई समस्यामा पार्ने गरेको र त्यसमा महिला कामदारहरू बढी मारमा पर्ने गरेको बताइन्।

सांसद रघुजी पन्तले भारतको उडिसा राज्यको केआइआइटी विश्वविद्यालयको घटनापछि प्रधानमन्त्री र नेपाल सरकारको तत्कालको हस्तक्षेपले केही समस्या समाधान भएपनि पूर्णरुपमा समाधान नभएको बताए। उनले एक हजार ५०० विद्यार्थीमध्ये विभिन्न नाकाबाट पाँच सयभन्दा विद्यार्थी नेपाली विद्यार्थी स्वदेश फर्किरहेका बताउँदै नेपाललाई होच्याउने कार्य निन्दनीय भएको उल्लेख गरे।

सांसद पन्तले भने, ‘सबै विद्यार्थी छात्रवृत्तिमा पढने होइनन्। लाखौ पैसा बुझाएर पढिरहेका छन्। ती विद्यार्थीलाई सुरक्षितरुपमा त्यहाँ गएर पढने वातावरण मिलाउन जरुरी छ। भारतमा पढन जाने प्रत्येक विद्यार्थीको तथ्याङ्क राख्नुपर्ने र सकेसम्म विद्यार्थीलाई नेपालमै पढ्ने वातावरण सिर्जना गर्न माग गर्दछु।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

सम्बन्धित

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

कांग्रेस सभापति देउवा र खड्काको निवासमा बढाइयो सुरक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com