काठमाडौं २३ फागुन । थाइल्याण्डमा अलपत्र परेका २० जना नेपालीको उद्धार गरी आज नेपाल पठाइएको छ । बैंककमा रहेको राजदूतावासले उनीहरुलाई स्वदेश पठाएको हो । आकर्षक रोजगारीको प्रलोभनमा पारेर गएको जनवरी २४ तारिखमा भारतको नयाँ दिल्ली हुँदै उनीहरुलाई थाइल्याण्ड पुर्याइएको थियो । साथै दूतावासले नेपाल ...