काठमाडौं २८ फागुुन । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै स्थगित भएको छ । सभाको आजको बैठक प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र० का प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधिसभा नियमावलीअनुसार मन्त्रीको उपस्थितिविना बैठकको काम–कारबाही अगाडि बढ्न नसक्ने उल्लेख गर्दै सरकारको उपस्थितिको माग गर्नुभयो । ...