ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरेन्द्र र दीपेन्द्रको मृत्यु भएकै दिन राजतन्त्र सकिएको हो – मन्त्री गुरुङ


एबीसी न्यूज

काठमाडौं २८ फागुुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले तत्कालीन राजा वीरेन्द्र र युवराज दीपेन्द्रको मृत्यु भएको दिन नै राजतन्त्र सकिएको बताएका छन् ।

वीरेन्द्र र दीपेन्द्रको निधन भइसकेपछि भाईलाई राजा बनाएर नेपाली नेताहरूले ठूलो गल्ती गरेको उनको टिप्पणी छ ।

‘जुन दिन वीरेन्द्रको हत्या भयो र दीपेन्द्रको पनि नाश भयो । राजतन्त्र त्यही दिन सकिएको थियो । सकियो नि त । भइरहेको राजा मारियो, त्यसपछि हुने युवराज नै मारियो भनेपछि राजा सकियो । त्यो दरबारले सकेको हो । जनताले सकेको हो र रु त्यो बेला फेरि राजा बनाएर नेपालका नेताले अझ ठूलो गल्ती गरे,’ मन्त्री गुरुङले भने ।

मंगलबार काठमाडौंमा हुलाक टिकटहरूमा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

भइरहेको राजालाई दरबारबाटै मारिएको आरोप लगाउँदै उनले वीरेन्द्रको निधनपछि ज्ञानेन्द्रलाई राजा बनाउनु सर्पको बच्चा पाले सरह भएको टिप्पणी गरे ।

‘नभएको राजा, हुँदै नहुने मान्छेलाई राजा बनाइदिए । सबै खाइदियो । जनताले आन्दोलन गरे, जनतासँग हारेर भाग्यो । अब हामीले बुझ्नुपर्छ । राजालाई बोकेर मुलुकको विकास हुँदैन,’ गुरुङले भने, ‘जस्तो जन्मिए पनि राजाको कोखमा जन्मिएकाले तीन करोड नेपाली भन्दा राम्रो हुन्छ भन्ने सिद्धान्त राम्रो होइन । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रमा आएर पनि राजतन्त्र खोज्ने भनेको बिजुलीको साटो अगुल्टो चाहिन्छ भनेको जस्तै हो ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com