ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि दाइ राजतन्त्र समातेर जाने लाइनमा हुनुहुन्थ्यो: डा. मुकुल ढकाल


एबीसी न्यूज

काठमाडौं २८ फागुुन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का संस्थापक महासचिव डा। मुकुल ढकालले पार्टी खोल्नुअघि सभापति रवि लामिछाने ‘राजतन्त्रलाई समातेर जाने लाइनमा’ रहेको आरोप लगाएका छन्।

रास्वपाबाट केही समयअघि नै निकालिएका ढकालले सामाजिक सञ्जालमार्फत राजतन्त्रका विषयमा रविले पूर्वराजा ज्ञानेन्द्र शाहसँग कुराकानीसमेत गरेको दाबी गरेका छन्।

तर आफूले राखेको प्रस्तावअनुसार पूर्वराजाबाट सकारात्मक कुरा नआएपछि गणतन्त्रकै लाइनमा पार्टी खोल्ने निर्णय गरिएको ढकालको भनाइ छ।

उनले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नुअघि ‘राजतन्त्र’ को लाइन लिने कि ‘गणतन्त्र’को भनेर रवि दाइ र मबीच छलफल भयो। त्यतिबेला छलफल गर्नका लागि कोही थिएन, जे जति हुन्थ्यो, हामी दुईबीच नै हुन्थ्यो। राजासँग भेट्न रवि दाइ झापासम्म जानुभयो। राजा र राजाका नजिकका मान्छेसँग उहाँको दुई(चारपटक कुरा पनि भयो। रवि दाइ राजतन्त्रलाई समातेर जाने लाइनमा हुनुहुन्थ्यो। त्यतिबेला मैले रवि दाइलाई भने, ‘राजा ल्याउने वा आउने कुरा हामीले गरेर हुन्न, राजा आफैँले बोल्नपर्छ। जसलाई ल्याउन खोजेको हो, ऊ आफैँले त ुम आउने होु भन्न पर्‍यो नि१’ राजा बोल्न तयार भएनन्, तर त्यसपछि पनि रवि दाइले ‘राजतन्त्र’लाई कुनै न कुनै ढंगले समेटौँ भनिराख्नुभयो। मैले प्रस्ताव राखे, रवि दाइले त्यहीअनुसार राजासँग पनि कुरा गर्नुभयो। मेरो प्रस्ताव थियो( ‘राजाको निजी सम्पत्ति नहुने, जनताले राजालाई पाल्ने, राजाको सम्पत्ति ट्रस्टमा लगेर सकेसम्म सबै जिल्ला नत्र कम्तीमा हालका प्रदेश राजधानीमा एक(एक वटा ठूला स्कुल र अस्पताल खोलौँ। यति घोषणा गरी एकैपटक स्कुल र अस्पतालहरूको शिलान्यास गरौँ।’ राजाबाट सकारात्मक कुरा आएन। राजाबाट सकारात्मक कुरा नआएपछि गणतन्त्रकै लाइनमा पार्टी खोल्ने निर्णय गर्‍यौँ।’

रास्वपाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेयता मुकुलले सभापति रविविरुद्ध विभिन्न आरोप लगाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com