काठमाडौँ, २७ माघ । सर्वोच्च अदालत बार एसोसिएसनले अविलम्ब प्रधानन्यायाधीशको नियुक्तिका लागि सिफारिस गर्न माग गर्दै संवैधानिक परिषद्लाई पत्र पठाएको छ । सर्वोच्च बारको बुधबार बसेको बैठकको निर्णयअनुसार बिहीबार उक्त माग गर्दै लेखिएको पत्र संवैधानिक परिषद्को कार्यालयमा बुझाइएको हो । सर्वोच्च बारका अध्यक्ष हरिशंकर निरौलाले ...