ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किसानलाई सहयोगी बन्दै ‘सहकारी’


एबीसी न्यूज
माघ २६, २०७९ बिहीबार  ३ : १२ बजे

कञ्चनपुरको ग्रामीण बस्तीमा पछिल्लो समय विभिन्न आयमूलक कृषि व्यवसाय अँगालेका किसानलाई सहकारी सहयोगी बन्दै गएको छ। कम आयस्रोत भएका किसानले बस्तीमा किसानकै नेतृत्वमा बनेका सहकारीमा मासिक बचतदेखि सहुलियत ऋणसम्मको सुविधा पाउने भएकाले उनीहरुलाई आत्मनिर्भर बन्न सहज भएको हो । कञ्चनपुरका नौवटै पालिकाकामा रहेका सहकारीमा किसान आवद्ध भइ तरकारी खेती, पशुपालन, कुखुरा पालन, बङ्गुरपालन, माछापालनलगायत व्यवसायमा सक्रिय हुने क्रम बढिरहेको छ । त्यस्तै यहाँ आर्थिक गतिविधि फराकिलो भएका ठूला सहकारी र विभिन्न दातृ निकायले पनि गाउँमा कृषि सहकारी र समूहमा आवद्ध किसानलाई अनुदान एवं प्राविधिक सहयोग पनि गर्दै आएका छन् । बस्तीमा एकजुट बगरखेती किसान समूह गठन गरेर आफूहरु तरकारी खेतीमा लागेको कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चान्देउका सुदराम चौधरीले बताउनुभयो । न्यून आयस्रोत भएका यहाँका बीस राना र चौधरी समुदायका किसान मिलेर सञ्चालनमा ल्याइएको उक्त समूहमा मासिक बचत समेत गर्ने गरिएको छ । “समूहका सदस्यले मलखाद किन्नेदेखि व्यवसाय बढाउन धेरैजसो समूहबाट ऋण लिने गर्छन् ।” उहाँले भन्नुभयो,“मासिक रु ५० बचत गछौँ ।”यहाँ सहकारीमा आवद्ध किसानले सामूहिकरुपमा दोदा नदीमा तरकारी खेती गरेर मुनाफा लिइरहेका छन् । त्यसैगरी भीमदत्त नगरपालिका–१० तिल्केनीस्थित खप्तड कृषि सहकारी संस्था पनि यस क्षेत्रका किसानको सारथी नै बनेको छ । उक्त सहकारीले पछिल्लो समय दुग्ध व्यवसायीलाई आयमूलक व्यवसायमा आवद्ध गराउँदै आएको छ । सो क्षेत्रमा व्यावसायिकरूपमा केराखेती गर्ने अधिक छन् । यहाँ उक्त सहकारी र कृषि ज्ञान केन्द्रको सहयोगमा केरा चिस्यान घर–निर्माण गरिएको उक्त सहकारीका अध्यक्ष पूर्णसिंह साउदले बताउनुभयो । “दुई सय दूध सङ्कलक र अन्य किसानसहित चार सय बढी शेयर सदस्य छन् ।” उहाँले भन्नुभयो, “व्यावसायिकरूपमा कृषि पेसामा आवद्ध किसान लाभान्वित छन् ।” यहाँस्थित उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिडेटका प्रमुख कार्यकारी अधिकृत गणेश चन्दले सहकारीका माध्यमबाट चार हजार कृषक कृषिमा जोडिएको बताउनुभयो । “सहकारीमा आवद्ध सदस्यलाई कृषि उत्पादन र आत्मनिर्भर बनाउने विषयमा सहकारी सक्रिय छ”, उहाँले भन्नुभयो, “ऋण लगानीदेखि बचतसम्म गरिरहेका किसानलाई बीउविजनदेखि मलखाद हँुदै कृषि उपकरणमा सहयोगसमेत भइरहेको छ ।“कृषि उपकरणका लागि अन्य निकायसित पनि समन्वय गरेर वितरण गरिरहेका हुन्छौँ। कृषिसँग सम्बन्धित धेरै काम सहकारीले गर्दै आएको छ ।” लालझाडी गाउँपालिका–३ पर्सियाका रेखा रानाले सहकारीबाटै ऋण लिएर च्याउ खेती गरिरहेको बताउनुभयो ।“गाउँमै हामी महिलाले किसान समूह बनाएर बीउविजन उत्पादनदेखि बाख्रापालन र च्याउखेती गरिरहेका छौँ ।” उहाँले भन्नुभयो, “व्यवसाय गर्नेका लागि सहकारीको सहयोगले थप बल पुगेको छ । च्याउ खेतीबाट भएको आम्दानीले मासिक बचतका साथै घरखर्च पनि सामान्य रुपमा चलिरहेको छ।” किसान समूहलाई वडा कार्यालय र दातृ निकायबाट पनि बेलाबेला सहयोग आइरहने भएकाले गृहणी महिला आत्मर्भिर पनि बन्दै गएका कृषक रानाले बताउनुभयो । वर्षौसम्म भारतमा मजदूरी गरेका गाउँका युवा पनि अहिले गाउँमै तरकारी खेतीलगायत काममा लागेका र सहकारीले स्वरोजगार बनाउन पनि सहयोग पु¥याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो: राष्ट्रपति ट्रम्प सुरक्षित, कार्यक्रमस्थलमा भागदौड !

बत्ती दोलखामा, स्विच भारतमा

सम्बन्धित

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com