मोरङ, १३ असार । मोरङका पाँचवटा गाउँपालिकाका क्षयरोगीका परिवारका सदस्यको स्वास्थ्य परीक्षण गरिने भएको छ । पथरीशनिश्चरेका स्वास्थ्य संयोजक मुरारी आचार्यका अनुसार पथरीशनिश्चरे, बेलबारी, लेटाङ, उर्लाबारी र सुनवर्षीका स्वास्थ्य संस्थाका क्षयरोग उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई परिवारका सदस्यको पनि खकारको नमूना परीक्षण थाल्न जानकारी गराइएको छ । आचार्यका ...