काठमाडौं १० असार । संघीय प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठको जग्गाबारेका सबै फाइल ७ दिनभित्र बुझाउन सरकारलाई निर्देशन दिएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सात दिनभित्र पतञ्जली योगपीठको जग्गा खरिद र बिक्रीसम्बन्धी भएका निर्णय पेस गर्न भनिएको हो। ...