काठमाडौं १० असार । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले इरानको तेहरानमा जारी एशिया सहयोग संवाद ९एसीडी०को १९ औं बैठकलाई सम्बोधन गरेका छन्।
सोमबार सुरु भएको एसीडीको मन्त्रीस्तरीय बैठकमा श्रेष्ठले क्षेत्रीय सहकार्य र बहुपक्षवादप्रति नेपालको प्रतिवद्धता दोहोर्याएको परराष्ट्र मन्त्रालयले बताएको छ।
त्यस्तै उनले ‘एसीडी भिजन २०३०’, विकास, स्थिरता तथा समृद्धि प्राप्त गर्ने ‘एसीडी ब्लू प्रिन्ट २०२१–२०३०’ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए।
परराष्ट्रमन्त्री श्रेष्ठले बैठकमा कोभिड–१९, जलवायु परिवर्तन, विश्वव्यापी आर्थिक मन्दी, बढ्दो द्वन्द्व र भू–राजनीतिक प्रतिद्वन्द्विताले दिएको चुनौतीबारे चर्चा गरेका थिए।
अझ एकीकृत, उदार तथा समृद्ध एशियाका लागि सामूहिक दृष्टिकोण, एकता, ऐक्यवद्धता र सामूहिक सहयोगमाथि समेत उनले जोड दिएका थिए।
बैठकको अध्यक्षता इरानका कार्यवहाक परराष्ट्रमन्त्री अलि बाघेरी कानीले गरेका थिए। कानीसँग मन्त्री श्रेष्ठले आइतबार साँझ भेटवार्ता गरेका थिए।
बैठकमा सदस्य देश र विभिन्न अन्तर्राष्ट्रिय संगठनगरि ४१ प्रतिनिधिमण्डलको उपस्थिति रहेको छ। एशियाली देशहरूबीच एकता बढाउने उदेश्यले दुई दशकअघि एसीडी स्थापना भएको हो।
यसका ३५ देश सदस्य रहेका छन्। यसको मुख्यालय भने कुवेतमा रहेको छ। दुई वर्षअघि भएको बैठकको अध्यक्षता भने बहराइनले गरेको थियो।
चक्रिय प्रणालीमा यसको अध्यक्ष फेरिने गरेको छ।
प्रतिक्रिया दिनुहोस्