ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली


एबीसी न्यूज

काठमाडौं, २७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जति धेरै प्रहार सहेपनि आफ्नो पार्टी सतिसालजस्तो ठिङ्ग उभिरहने दाबी गरेका छन् । भक्तपुरको सल्लाघारीमा जारी नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्रलाई शून्यतामा पुर्‍याएर देशलाई असक्षम बनाउने सुनियोजित षड्यन्त्रका रुपमा जेन–जी आन्दोलन भएको आरोप लगाए ।‘हाम्रो राजनीति हाम्रा लागि मात्र होइन, विश्व शान्ति र विश्वव्यापी समानता र मानव अधिकारको पक्षमा हुनुपर्छ । हामी देशको स्वाधीनता र अधिकार भन्छौं, कतिलाई मन पर्दैन अनि हामीमाथि प्रहार हुन्छ ।’ उनले भने, ‘एमाले जति धेरै प्रहार सहेर पनि सतिसाल जस्तो ठिङ्ग उभिरहन्छ ।’देश र जनताप्रतिको आफूहरुको निष्ठा, विकास र सुशासनप्रतिको सङ्कल्प र प्रतिबद्धताको जवाफ सल्लाघारी मैदानले दिइरहेको पनि बताए ।‘जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्यता पारेर देशलाई असक्षमता बनाउने सुनियोजित षड्यन्त्र थियो । त्यो कार्यक्रममा घुसपैठ भयो ।’ उनले भने, ‘हिंसा भड्काउने तत्त्वका कारण जेन–जी आन्दोलनमा दुःखद एवं अकल्पनीय परिस्थिति सिर्जना भयो । गोली लागेका र अराजक भीडको आक्रमणमा पारेका सर्वसाधारण र सुरक्षाकर्मीप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’‘साथीहरू भदै २३ भदौ २३ गते शान्तिपूर्ण भनिएको आन्दोलन हिंसात्मक हुँदा सिर्जित दुखद परिणामप्रति गम्भीर हुँदै तत्कालीन गृहमन्त्रीले सोही दिन राजीनामा दिनुभएको थियो ।’ उनले भने, ‘त्यसै दिनको मन्त्रिपरिषद्को बैठकबाट त्यस घटनाको छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन भएको थियो ।’उनले त्यसबेला असामान्य परिस्थितिप्रति सरकार गम्भीर र संवेदनशील रहेको भएपनि राज्यविरुद्ध आक्रमण गर्न लागेका तत्त्वलाई ती कदम कदम पर्याप्त नभएको जिकिर गरे ।‘उनीहरूलाई त देश दोहन गर्ने अगुल्टो चाहिएको थियो ।’ उनले भने, ‘परिणामस्वरूप भदौ २४ को भयानक दिन देशले भोग्नुपर्‍यो ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com