ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रक्षा सम्झौतामा नजिकिए भारत र बंगलादेश


एबीसी न्यूज

काठमाडौं १० असार । भारत र बंगलादेशले समुद्री सुरक्षा, महासागर, अर्थव्यवस्था, अन्तरिक्ष र दुरसञ्चारका क्षेत्रमा सहयोग आदान प्रदान गर्ने सम्झौता गरेका छन् ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको भारत भ्रमणको क्रममा दुई देशबीच ती सम्झौता भएका हुन् । यी सम्झौताबाट भारत र बंगलादेश रक्षा सम्झौतामा अलिकति नजिकिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यद्यपि सम्झौताका विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना शनिबारदेखि भारत भ्रमणमा छिन् । मोदीले तेस्रोपटक प्रधानमन्त्रीको पद सम्हालेपछि कुनै विदेशी सरकार प्रमुख औपचारिक भारत भ्रमणमा आएको यो पहिलोपटक हो । शेख हसिना दुई हप्ता अगाडि नरेन्द्र मोदीको शपथ ग्रहणमा पनि भाग लिएकी थिइन् ।

नयाँदिल्लीमा पत्रकारहरुसँग कुरा गर्दै शेख हसिनाले बंगलादेश र भारतले नदीको पानीको बाँडफाँट, बिजुली र ऊर्जा क्षेत्रमा सहयोग बढाउने निर्णय गरेको जानकारी दिइन् । उनले भारतीय उद्योगी व्यवसायीहरुलाई पनि भेटेर लगानी बढाउन आह्वान गरिन् ।

 

भारतले विगत आठ वर्षको अवधिमा बंगलादेशलाई करिब ८ अर्ब अमेरिकी डलर बराबरको ऋण सहयोग गरेको छ । यो सहयोगबाट विशाल भौतिक पूर्वाधारको क्षेत्रमा काम हुने छ । बंगलादेश पछिल्लो समय जलमार्ग, रेल र सडक सम्पर्क थप विकसित गर्ने तयारीमा छ । यही तयारीका बीच शेख हसिनाले गरेको भारत भ्रमण र गरेका सम्झौतालाई महत्वका साथ हेरिएको छ ।

सन् २००९ मा शेख हसिनाको पार्टी अवामी लिग सत्तामा आएदेखि नै भारत र बंगलादेशको सम्बन्ध सुमधुर छ । यद्यपि टिस्टा नदीको पानी बाँडफाँट, अवैध आप्रवासन लगायतका कयौं मुद्दाहरु टुंगिन बाँकी छन् । यद्यपि यी दुई देशबीच व्यापारिक र राजनीतिक सम्बन्ध सुमधुर छ ।

बंगलादेशले छिमेकी चीनसँग पनि राम्रो सम्बन्ध बनाएको छ । चीन बंगलादेशको प्रमुख व्यापारिक सहयोगी हो । बंगलादेशको कपडाको कच्चा पदार्थ चीनले आयात गर्दछ । बंगलादेश कपडा उद्योगमा विश्वभर प्रख्यात छ । उसले कपडाबाट मात्रै कूल विदेशी मुद्राको करिब ८० प्रतिशत आर्जन गर्दछ । बंगलादेशले चीन विरोधी अमेरिका र भारतसँग पनि कूटनीति र व्यापारिक सम्बन्ध कायम राखेको छ ।

भारतले चीनको बीआरआईलाई टक्कर दिने उद्देश्यले अघि सारेको इन्डोप्यासेफिक रणनीतिमा बंगलादेश सामेल छ । ‘छिमेकी पहिले’ नारा दिएर भारतले अघि सारेको यो रणनीति क्षेत्रीय सहयोग अघि बढाउने र चीनको दबदबालाई रोक्ने उद्देश्यबाट प्रेरित रहेको कूटनीति क्षेत्रका जानकारहरु बताउँछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com