काठमाडौं १० असार । राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत नियुक्तिको मापदण्ड टुंग्याएको छ। शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा।डा।अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’तयार पारेको रास्वपाले जनाएको छ।
कार्यदलले तयार पारेको प्रतिवेदन सोमबार पार्टी सभापति रवि लामिछानेलाई हस्तान्तरण गरेको हो। महामन्त्री मुकुल ढकालका अनुसार मापदण्ड पुगेका इच्छुकले राजदूतका लागि अनलाइन फारम भर्न सक्ने छन्।
रास्वपाले भागबन्डामा दुई देशका लागि राजदूत पाएको छ।
आफूले पाएको कोटाबाट राजदूत पठाउनुअघि रास्वपाले मापदण्ड तयार पारेको हो।
प्रतिक्रिया दिनुहोस्