काठमाडौँ, २७ चैत । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपूर्व कांग्रेसमा समाहित विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम पक्षका नेता कार्यकर्ता व्यवस्थापनमा समस्या देखिन थालेको छ। एक दशकअघि कांग्रेस त्यागेर मधेसी–थारु राजनीतिमा होमिएका गच्छदार गत असोज ३० असोजमा कांग्रेसमै फकिएका थिए। कांग्रेसमा समाहित हुँदा जारी प्रेस विज्ञप्तिमा पार्टी समायोजनबारे ...