काठमाडौं, २७ चैत । नेपाल प्रहरीले यसैसाता नयाँ प्रमुख पाउने भएको छ । नेपाल प्रहरीको नयाँ प्रमुख (आइजीपी) बन्नका लागि चर्को दौडधुप देखिएको छ ।
वर्तमान आईजीपी प्रकाश अर्यालसहित १५ जना एआइजीहरुले यही २९ चैतबाट अककाश पाउन लागेपछि डिआईजीहरुको सक्रियता ह्वात्तै बढेको हो। आइजिपीको दौडमा डिआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीको नाम अगाडि छ । तीनै जना डिआईजीहरु नेतृत्व आफूले सम्हाल्न आतुर छन् । तर बाजी कसले मार्ने हो, त्यो भने हेर्न बाँकी छ ।
आइजिपी बनाउने अधिकार भने सरकारसँग छ। नयाँ आईजीपी कसलाई बनाउने भन्नेबारे सत्तारुढ दल एमाले र माओवादी केन्द्रबीच छलफल भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले स्वविवेक प्रयोग गर्ने र योग्य र सक्षम व्यक्तिलाई आईजीपी बनाउने कुरा आफू निकटका नेताहरुसँग गरेको स्रोतको दाबी छ । उनले नयाँ गृहसचिव प्रेमकुमार राईलाई फाइल उठाउन निर्देशन दिएको समेत स्रोतको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्