काठमाडौँ, १९ फागुन । राष्ट्रसंघीय महासभामा नेपाल युक्रेनको पक्षमा उभिएको छ । बुधबार राति संयुक्त राष्ट्र संघको आपतकालिन महासभामा नेपालले युक्रेनमाथि रुसी आक्रमणको विपक्षमा अर्थात युक्रेनको पक्षमा मतदान गरेको हो । महासभाबाट युक्रेनमाथि रुसले जारी राखेको कारबाही तत्काल रोक्नुपर्ने प्रस्ताव बहुमतले पारित भएको हो । ...