ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमल थापाद्वारा १६ जनालाई पदाधिकारीमा मनोनयन, पार्टी बुझाउने लाक्पा बने उपाध्यक्ष


एबीसी / संवाददाता
फाल्गुन १८, २०७८ बुधबार  ५ : २९ बजे

काठमाडौँ, १८ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले १६ जनालाई पदाधिकारीमा मनोनयन गर्नु भएकाे छ। गत फागुन ७ गते राप्रपा नेपाललाई पुनर्गठन गर्नु भएका थापाले १६ जनालाई पदाधिकारीमा मनोनयन गर्नुभएकाे हाे । जसअनुसार उहाँले छ जनालाई उपाध्यक्ष बनाउनु भएकाे छ भने चार जनालाई महामन्त्री र छ जनालाई सहायक मन्त्री बनाउनु भएकाे छ।

राप्रपा प्रवक्ता सुरेश आचार्यले जारी गरेको विज्ञप्तिमा राजीब पराजुली (पर्सा), उद्धव पौडेल (काठमाडौं), जयकुमार खड्का (काठमाडौं), राजेन्द्र वीर राय (बाँके), डा. विष्णु भण्डारी (तनहुँ) र लाक्पा तामाङ (धनकुटा) उपाध्यक्ष चयन हुनुभएकाे छ । आज मनोनयनमा परेकामध्ये उपाध्यक्ष लाक्पाले आफू अध्यक्ष रहेको राप्रपा नेपाल कमल थापाको जिम्मा लगाउनु भएकाे थियाे ।

उहाँले कमल थापाले राप्रपा परित्याग गरेपछि थापालाई पार्टी बुझाउनु भएकाे हाे । यसैगरी महामन्त्रीमा भास्कर भद्रा (ललितपुर), सुशिल श्रेष्ठ (महोत्तरी), इन्द्र चित्रकार (काठमाडौं) र राजाराम बर्तौला (मकवानपुर) मनोनित हुँदा सहायक महामन्त्रीमा हरिकृष्ण श्रेष्ठ (सुनसरी), धरम गुरुङ (पर्वत), अम्बिका प्रसाद ढकाल (भोजपुर), शिव कुमार बास्तोला (कास्की), ममता राई (झापा) र शशिरञ्जन यादव (महोत्तरी) चयन हुनुभएकाे छ ।

यसअघि फागुन १५ मा पनि थापाले ६ जनालाई पदाधिकारीमा मनोनयन गर्नुभएकाे थियाे । त्यतिबेला उहाँले कोषाध्यक्ष, प्रवक्ता र सहमहामन्त्री मनोनयन गर्नुभएकाे हाे । जसअनुसार कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ मनोनित हुनुभएकाे थियाे भने प्रवक्तामा बसन्तमान सिंह अधिकारी र सुरेश आचार्य मनोनित हुँदा सहमहामन्त्रीमा हिक्मत बहादुर ढकाल, तेजकुमार कुरुम्बाङ र आइतराम तामाङ चयन हुनुभएकाे थियाे । यससँगै राप्रपा नेपालमा पदाधिकारी संख्या अध्यक्षसहित २३ सदस्यीय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

सम्बन्धित

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

प्रधानमन्त्रीको अफिसियल फोटो एक दिनमा दुईपटक जारी , के हटाइयो ?

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

२०४८–२०६२ को ‘भ्रष्टाचारको सुनौलो युग’ : राडारमा को–को ? (पूर्णसूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com