ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज त्रिभुवन विमानस्थलमा क्यालिब्रेसन फ्लाइट हुने


एबीसी / संवाददाता

काठमाडौँ, १९ फागुन । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप भएको धावनमार्गको परीक्षणका लागि आज क्यालिब्रेसन फ्लाइट हुने भएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडानका लागि आएको एरो थाईको जहाजबाट आज त्रिभुवन विमानस्थलमा क्यालिब्रेसन फ्लाइट हुने लागेको हो ।

विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार दुई वटा प्रणालीको परीक्षणका लागि विमानस्थलमा यान्त्रिक परीक्षण उडान हुन लागेको हो । यसमध्ये एउटा रेडियो उपकरणले काम गरे नगरेको परीक्षण गरिने छ । अर्को धावनमार्गमा जडान भएको लाइटको परीक्षण गरिने छ । यो लाइटले जहाजको अवतरणमा सहयोग गर्छ । एयारेथाईको जहाज अहिले काठमाडौं विमानस्थल मै रहेको छ । त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तार भएपछि यस्तो परीक्षण भएको थिएन । यान्त्रिक उडानका दौरान नियमित उडानहरु प्रभावित हुनेछन् । एक पटकमा दुई घण्टासम्म चल्ने यस्तो उडानका बेला जहाजहरु होल्ड हुन सक्ने सिटौलाले जानकारी दिए । विमानस्थल बन्दै गर्नु पर्ने अवस्था भने नआउने सक्ने उनको भनाइ छ । अहिले विमानस्थलमा क्यालिब्रेसन उडान संचालन गर्ने सम्बन्धमा बैठक जारी रहेको र सोही बैठकले तोकेको समयमा उडान हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com