याङ्गुन, ७ चैत । म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिनुभएको समाचार छ । राष्ट्रपतिको कार्यालयका एकजना अधिकारीकाअनुसार उहाँले अस्वस्थ भएपछि आरामका लागि भन्दै पदबाट राजीनामा दिनुभएको समाचारमा जनाइएको छ । बुधबार उहाँले आफ्नो पदबाट राजीनामा दिनुभएको यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । ...