ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरियाबारे आस्तानामा त्रिदेशीय वार्ता हुँदै


admin
चैत्र २, २०७४ शुक्रबार  ३ : ४२ बजे

काजकिस्तान, २ चैत। इरान, रुस र टर्कीका विदेशमन्त्रीहरुबीच सिरियाको विषयलाई लिएर काजकिस्तानको राजधानी आस्तानामा शुक्रबार त्रिदेशीय वार्ता सुरुहुने भएको छ ।

मस्को र तेहरानको समर्थन रहेको सिरियाली सरकारले दमासकसको बाहिरी इलाकामा अवस्थित पूर्वी गुटामा हवाई कारबाही गरेको एक महिनापछि यो छलफल हुन लागेको हो ।

सिरियाको राजधानी दमासकसको उपनगरको रुपमा रहेको गुटा सहरको पूर्वी भागमा जारी रहेको भयावह मानवीय अवस्था नै यस छलफलको प्रमुख एजेन्डाको रुपमा रहेको बताइएको छ ।

छलफलमा यी तीन देशका विदेशमन्त्रीहरु इरानका मोहमद जाभेद, रुसका सेर्गेइ लाभरोभ र टर्कीका मेभ्लुट चागुसोङ्लुको सहभागीता रहेको जनाइएको छ ।

रुसको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा त्यहाँको स्थलगत अवस्था विचारणीय भएको र वार्ता नै सफलता र कठिनाइको सामनाका लागि उत्तम उपाय रहेको बताइएको छ ।

यस विदेशमन्त्री स्तरीय छलफलले इस्ताबुलमा आगामी अप्रिल ४ तारिखमा हुने तीन राष्ट्रका राष्ट्रपतिको वार्ताको लागि एक प्रकारको आधार बनाउने अनुमान गरिएको छ ।

काजकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार अपरान्हतिरबाट तीन देशका विदेशमन्त्रीहरुको वार्ता सुरु हुने पुष्टि गरेको छ ।

सिरियामा सन् २०११ को मार्च १५ बाट त्यहाँका राष्ट्रपति बसर अल असादको विरोधमा सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।

यहँको गृहयुद्धमा परी सो समयदेखि हालसम्म ३ लाख ४० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ ।
हालैका हप्ताहरुमा पूर्वी गुटामा भएको हवाई कारबाहीमा करिब १ हजार २६० व्यक्तिको मृत्यु भइसकेको छ । मृतकहरुमध्ये बालबालिका पनि धेरै छन् ।

राष्ट्रसंघीय अधिकारीहरुकाअनुसार मारिनेमा पाँच जनामा एकजना बालबालिका रहेका छन् ।
पूर्वी गुटामा गत फेबु्रअरी १८ बाट विद्रोहीलक्षित बमबारीमा परी बालबालिकासहित भीषण संख्यामा सर्वसाधारण मारिएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पूर्वी विद्रोहीको बलियो प्रभाव रहेको पूर्वी गुटा सहरमा खाद्य पदार्थलगायतका अत्यावश्यक सामाग्रीको कमी रहेको पृथ्वीकै सबैभन्दा ठूलो नर्क हो भएको संज्ञा दिनु भएको छ ।
सिरियाका राष्ट्रपति बसर अल असाद समर्थित सुरक्षा दलले भने पूर्वी गुटाको ७० प्रतिशत इलाका नियन्त्रणमा आएको र २० हजार सर्वसाधारण गुटाबाट स्वतन्त्र भएका जनाकारी दिएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले पनि सो जानकारी दिएको छ ।
काजगिस्तानाले सन् २०१७ को जनवरीबाट सिरियाको विषयलाई लिएर कैयौँ पटक वार्ताको आतिथ्य गर्दै आएको छ ।

यसमा इरान, रुस र टर्कीका उच्चस्तरीय व्यक्तित्वहरु र सिरियाली सरकार र विद्रोहीका प्रतिनिधिहरु समेत सहभागी हुदै पनि आएका छन् ।

संयुक्त राष्ट्रसंघ तथा अरु विदेशी समुदायले समेत सिरियामा शान्तिको स्थापनाका लागि गरेका प्रयासहरु सार्थक हुन सकिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

सम्बन्धित

मालीमा भीषण आक्रमण : रक्षामन्त्री मारिए, राष्ट्रपति अहिलेसम्म सुरक्षित

ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो: राष्ट्रपति ट्रम्प सुरक्षित, कार्यक्रमस्थलमा भागदौड !

ट्रम्पले गरे अमेरिकी टोलीको पाकिस्तान भ्रमण रद्द

‘सुदृढीकरणको’ वृहत् रणनीति

आफ्नै कम्पनी ‘स्पेसएक्स’ लाई एलन मस्कले कसरी ‘खुत्रुके’ बनाए? यस्तो छ अर्बपतिको भित्री खेल

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com