ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले गरे अमेरिकी टोलीको पाकिस्तान भ्रमण रद्द


एबीसी न्यूज
बैशाख १३, २०८३ आईतबार  ६ : ५८ बजे

काठमाडौं, १३ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धका विषयमा छलफल गर्न पाकिस्तान जाने तयारीमा रहेको अमेरिकी विशेष टोलीको भ्रमण अन्तिम समयमा रद्द गरिदिएका छन्। इरानी प्रतिनिधिमण्डल इस्लामावादबाट बाहिरिए लगत्तै ट्रम्पले शनिबार यस्तो निर्णय गरेका हुन्।

विशेष दूत स्टिभ विट्कोफ र ज्वाइँ जारेड कुश्नर पाकिस्तान पठाउनु “समयको बर्बादी” मात्र हुने ट्रम्पले टिप्पणी गरेका छन्। उनको भनाइ उद्धत गर्दै बिबिसीले लेखेको छ, “यदि इरान वार्ता गर्न चाहन्छ भने उनीहरूले मात्र एक कल गरे पुग्छ।”

यसअघि इरानी विदेशमन्त्री अब्बास अराक्चीले मध्यस्थकर्ता पाकिस्तानसँग वार्ता गरेका थिए। वार्तापछि उनले इरानले युद्ध अन्त्यका लागि आफ्नो धारणा स्पष्ट राखेको बताउँदै अमेरिका कूटनीतिमा ‘साच्चै गम्भीर’ छ कि छैन भन्ने कुरा अझै प्रस्ट नभएको प्रतिक्रिया दिएका थिए।

अप्रिल २२ मा सकिन लागेको युद्धविरामलाई ट्रम्पले वार्ताका लागि थप समय दिने भन्दै लम्ब्याए पनि कूटनीतिक प्रयास भने अहिले ठप्प भएका छन्।

गत फेब्रुअरीदेखि अमेरिका र इजरायलले आक्रमण सुरु गरेपछि इरानले विश्वको कुल तेल आपूर्तिको झण्डै पाँच भागको एक भाग ओगट्ने ‘स्ट्रेट अफ हर्मुज’ मा अवरोध पुर्‍याउँदै आएको छ। इरानको आणविक महत्त्वाकांक्षा र यस जलमार्गमा भइरहेको तनावका कारण दुवै पक्षबीच गतिरोध कायमै छ।

अमेरिकाले इरानी तेल निर्यात रोक्न उक्त क्षेत्रमा आफ्नो नौसैनिक उपस्थिति समेत बढाएको छ। ह्वाइट हाउसले शुक्रबार इरान वार्ताका लागि इच्छुक रहेको बताए पनि इरानले भने प्रत्यक्ष भेटघाटको कुनै योजना नरहेको स्पष्ट पारेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो: राष्ट्रपति ट्रम्प सुरक्षित, कार्यक्रमस्थलमा भागदौड !

बत्ती दोलखामा, स्विच भारतमा

सम्बन्धित

ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो: राष्ट्रपति ट्रम्प सुरक्षित, कार्यक्रमस्थलमा भागदौड !

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

बत्ती दोलखामा, स्विच भारतमा

आजको मौसमः कहाँ–कहाँ पर्छ पानी ?

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com