ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसियामा पुटिनको उदय- जासुसदेखि चौथोपटक राष्ट्रपतिसम्मको राजनीतिक यात्रा


admin

काठमाडौं, ५ चैत । जुडोमा ब्ल्याक बेल्ट भ्लादिमिर पुटिनसँग यो खेलका दुई खुबी छन्– छल र आक्रामकता। खेलकै प्रभाव हुन सक्छ, युक्रेनमा फौजी आक्रमणको निर्णय गर्दा होस् या सिरियामा सरकार विरोधीमाथि बमबारी गराउँदास पुटिनका यी निर्णयले पर्यवेक्षकलाई पनि हैरान बनायो। सिरियामा रुसले हस्तक्षेप गरेपछि बशर अल–असदको सरकारलाई समर्थन गर्नेहरुलाई सहरा मिल्यो।

६५ वर्षीय पुटिनले रुसको शक्ति देखाउन न कहिले संयम अपनाए न त आफ्नो त्यो इच्छा लुकाए। वर्षौंसम्म अमेरिका र नेटो सहयोगी देशले रुसलाई कम आक्दै आए। तर एउटा यस्तो समय आयो जब पुटिनका पुराना साथी येवगेनी प्रिगोन्जहिनलाई सन् २०१६ मा भएको अमेरिकाको राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गरेको आरोप लाग्यो।

भनिन्छ, पुटिनका कारण येवगेनीले राष्ट्रपति निर्वाचनमा ट्रम्पको पक्षमा प्रभाव पार्ने कोसिस गरेका थिए। यो हल्ला सामाजिक सञ्जालमा निकै चल्यो, यही कारण अमेरिकाले पुटिनका निकट अफिसरमाथि कैयौं प्रतिबन्ध लगायो।

मार्च २०१४ पछि युक्रेनमा रुसी सेनाको हस्तक्षेपपछि युरोपेली युनियन र अमेरिकाले रुसका कैयौं अधिकारी र कम्पनीमाथि प्रतिबन्ध लगाए। यी प्रतिबन्धका कारण पुटिनका केही सहयोगीलाई पश्चिमी मुलुकको भ्रमणमा रोक लगाइयो जसले उनीहरुको व्यापारमा असर गर्‍यो।

अमेरिकी राष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमै पुटिन मन पर्ने र उनीसँग अमेरिका सम्बन्ध सुधार गर्न चाहेको बताउँदै आएका छन्। तर केही मानिस तलतिर जाँदै गरेको अमेरिका र रुसको सम्बन्धलाई नयाँ शीतयुद्धको नाम दिएका छन्। यी दुई देशबीच अविश्वासको खाडल गहिरो हुँदै गएको बताइन्छ।

अवस्था यस्तो छ कि, रुस अहिले युरोपेली युनियनको रणनीतिक साझेदार पनि छैन। पश्चिमी मुलुकले पुटिनलाई युक्रेनमा रुसलाई समर्थन गर्ने विद्रोहीलाई हतियार र सैन्य सहयोग गरेको आरोप लगाउँदै आएका छन्। तर पुटिनले केही रुसी नागरिक स्वेच्छामा उनीहरुलाई सहयोग गर्न त्यहाँ गएको मात्र स्वीकार गरेका छन्।

पुटिन भन्छन्, ‘युक्रेन पुलिसका कारण बाध्य भएर तत्कालीन रुसी राष्ट्रपति विक्टर यानुकोबीच सन् २०१४ मा रुस भागेका थिए।’

युक्रेन संकटपूर्व नै पुटिनले सोभियत संघको पतनलाई २०औं शताब्दीको सबैभन्दा ठूलो ‘महाविनाश’ भनेका थिए। रुसको बोर्डरसम्मको नेटोको बिस्तारलाई पुटिनले खुलेरै विरोध गरेका थिए।

पुटिनको बाल्यकाल

पुटिनको बाल्यकाल यस्तो ठाउँमा बितेको थियो जहाँ स्थानीय युवाबिच कुटपिट सामान्य कुरा थियो। स्थानीय युवा पुटिनभन्दा ताकतवाला थिए। जसका कारण पुटिनले जुडो सिक्नुपर्‍यो। क्रेमनिल वेबसाइटका अनुसार पुटिन स्कुल अध्ययन पूरा गर्नुअघि नै सोभियत गुप्तचरमा भाग लिन चाहन्थे।

अक्टोबर २०१५ मा पुटिनले भनेका थिए, ‘५० वर्षअघि लेनिनग्राद सडकले मलाई एउटा नियम सिकाएको थियो, यदि लडाइँ हुने निश्चित छ भने मुक्का पहिला हान।’

चेचेन्यामा अलगवादी विद्रोहीविरुद्ध रुसको सैनिक कारबाहीलाई समर्थन गर्दै पुटिनले उनीहरुको विनाश गर्ने कसम खाएका थिए।

मुस्लिम बाहुल्य रहेको नर्थ काकेसस (दक्षिणपश्चिम एसिया र दक्षिणपश्चिम युरोपको हिमालय क्षेत्र) १९९९–२००० मा भीषण युद्धका कारण ध्वस्त भएको थियो। यसमा हजारौं आम नागरिकको मृत्यु भएको थियो।

पुटिनका लागि जर्जियामा एउटा मोर्चा गठन भयो। जसको सहयोगले सन् २००८ मा रुसी सेनाले जर्जिया सेनालाई लखेट्यो र अबकाजिया र दक्षिण असटेसियामा कब्जा गर्‍यो। सो समयमा नेटो समर्थक जर्जियाका तत्कालीन राष्ट्रपति मिखाइल साकाशविलीसँग पुटिनको व्यक्तिगत स्वार्थ बढेको थियो।

यस्तो लागेको थियो, यसले सोभियत संघका पूर्व राष्ट्रहरुमा पश्चिम समर्थक नेताहरुसँग भिड्न पुटिन तयार छन्।

सन् १९५२ अक्टोबर ७ मा लेनिनग्राद (सेन्ट पिटसबर्ग) मा पुटिनको जन्म भएको थियो। उनले कानुन पढेका छन्। पढाइपछि उनी सुरक्षा एजेन्सी केजीबीमा जोडिए। पुटिन साम्यवादी पूर्वी जर्मनमा जासुस पनि थिए।

यिनै पुटिन रुसको राष्ट्रपतिमा पुनस् निर्वाचित भएका छन्। आइतबार भएको निर्वाचनमा उनले ठूलो मतान्तरसहित विजय हासिल गरेका हुन्। अब ६ वर्षसम्मका लागि उनी रुसको राष्ट्रपति रहनेछन्।

 

बिबिसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com