काठमाडौं, ६ बैशाख । पानी पार्ने प्रणाली पश्चिम नेपालका भूभागबाट पूर्वतिर सरिरहेको छ । यो प्रणालीको प्रभावले कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीसम्म पानी पार्ने सम्भावना छ । बागमतीको काठमाडौं उपत्यकामा आज बिहानैदेखि फाटफुट पानी परिरहेको छ । पछिल्लो एक घण्टायता दाङ देउखुरीको लालमटियामा सबैभन्दा धेरै ...