काठमाडौं, २१ वैशाख । संविधान संसोधन सहित गर्ने मुख्य एजेण्डा लिएर सरकार गठन गरेका दुई ठुला पार्टी एमाले र काँग्रेस वीच गभर्नर नियुक्तिको विषयलाई लिएर विवाद भइरहँदा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीसँग राजनीतिक संवाद अघि बढाएका छन्।
आइतबार साँझ ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको हो। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा संक्रमणकालीन न्याय र समसामयिक विषय वस्तुा छलफल भएको भनिएपनि आएको भेटले कतै टिआरसीको आवरणमा नयाँ सत्ता गठबन्धनको प्रयासको आशंकामा हेरिएको छ ।
वाम एकताका लागि अघोषित रुपमा प्रयासरत पार्टीका उपमहासचिव वर्षमान पुनलाई साथमा लिएर प्रचण्ड प्रधानमन्त्री ओली भेट्न पुग्नुलेपनि शंकालाई थप पुष्टि गर्छ । वाम एकताको पक्षमा एमालेको सक्रिय राजनीतिमा आउने तयारीमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि चिनियाँ सद्भावसहित प्रयासरत छिन्। प्रधानमन्त्रीका तर्फबाट उनका विश्वासपात्र एवं हाल संक्रमणकालीन न्यायसम्बन्धी प्रधानमन्त्रीका विज्ञ सल्लाहकारको भूमिकामा रहेका अग्नि खरेल सहभागी छन्। सिंहदरबारमा भएको भेटमा ओलीले प्रचण्डलाई महत्व दिएको देखिन्छ। उनी प्रधानमन्त्री सधै प्रधानमन्त्रीको कुर्सी नछोड्ने ओली आज कुर्सी छाडेर सगैसँग तल प्रचण्डसगै बसेका छन्।
कांग्रेससँगको सत्ता गठबन्धन नै धरमराउने अवस्था बनेपछि ओली गभर्नर कांग्रेस अनुकूलको व्यक्तिलाई बनाउन तयार भएका थिए। तर सिफारिस समितिमा रहेका व्यवसायिक छविका पूर्व गभर्नर विजयनाथ भट्टराईले समितिकै स्वायत्ततामाथि प्रश्न उठाउँदै राजीनामा दिएपछि सरकारले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सिफारिस समितिको सदस्य बनाएको छ। वैशाख १७ गतेको मन्त्रिपरिषदले अधिकारीलाई नियुक्त गरेको हो। सिफारिस समितिका तीनमध्ये राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा। विश्व पौडेल बाहेक अध्यमन्त्री विष्णु पौडेल र अधिकारी ओलीको विश्वासका पात्र हुन्।
अधिकारी समितिमा थपिएपछि सिफारिस समिति एमालेको पकडमा गएको छ भने अर्कोतर्फ कांग्रेसले गभर्नर बनाउन चाहेका राष्ट्र बैंककै निर्देशक गुणाकर भट्टको राजीनमा स्वीकृत भएको छैन जसले कांग्रेसलाई झस्काएको छ।

अर्कोतर्फ ओली नेतृत्वको सरकारप्रति कांग्रेसभित्र असन्तुष्टि चुलिदै गएको छ। महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले सरकारले अपेक्षाकृत काम गर्न नसकेको भन्दै चर्को आलोचना गर्दै आएका छन्। कांग्रेसको ठूलो हिस्साबाट आफू सहभागी सरकारको निरन्तर आलोचना भएबाट प्रधानमन्त्री ओली सन्तुष्ट नरहेको उनका सार्वजनिक अभिव्यक्तिले नै देखाउँछ। त्यस्तै ओलीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि संवाद अघि बढाएका छन्। ओलीलाई ज्ञापनपत्र बुझाउन नेपाल बालुवाटार नै पुगेपछि दुई पार्टीबीचको तिक्तता घटेको छ भने भित्रभित्रै संवादको थालनीसमेत भइरहेको एक स्रोतले बताएको छ ।







प्रतिक्रिया दिनुहोस्