काठमाडौं, २१ वैशाख । नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियान सञ्चालन गर्ने भएको छ ।आइतबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले आगामी जेठ २ गतेबाट अभियान सुरु गर्ने निर्णय लिएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।त्यस्तै, बैठकले बैठकले हालै सम्पन्न ‘हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ को समीक्षा पनि गरेको छ ।सो अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकोले माओवादी केन्द्रको मात्र नभई सम्पूर्ण राष्ट्रकै अभियान बन्न पुगेको निष्कर्ष पार्टीले निकालेको छ ।







प्रतिक्रिया दिनुहोस्