काठमाडौं, १८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वभरीका श्रमजीविहरुलाई एकताको सूत्रमा बाँध्न मजदुर दिवसले सहयोग गर्ने विश्वास व्यक्त गरेकी छन् । उनले मजदुर र उद्योगबीच उपयुक्त सम्बन्ध स्थापित हुन सकोस् र श्रम अधिकार सुनिश्चित होस् भन्ने कामना पनि गरेकी छन् । मजदुर दिवसको अवसरमा राष्ट्रपतिबाट ...