काठमाडौँ, २० फागुन । राष्ट्रियसभाका ५५ जना सदस्यले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको राष्ट्रियसभा कक्षमा आज साँझ आयोजित एक कार्यक्रममा ज्येष्ठ सदस्य तारादेवी भट्टले उहाँहरुलाई शपथ दिलाउनुभएको हो । केही सांसदले आ–आफ्नो मातृभाषामा शपथ लिनुभएको थियो । ...