ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुक्तिनाथमा भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्न आबश्यक तयारी तिब्र


एबीसी न्यूज
बैशाख २०, २०७५ बिहीबार  १ : २१ बजे
 म्याग्दी, २० वैशाख । मुस्ताङमा अवस्थित पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिरको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दर्शन गर्ने भएका छन् । आगामी हप्ता हुने मोदीको नेपाल भ्रमणको क्रममा उनले मुक्तिनाथको समेत दर्शन एवम पुजा गर्ने कार्यक्रम तय भएसंगै उनको धार्मिक भ्रमणको लागि आबश्यक तयारी तिब्र पारिएको हो । जनकपुर भ्रमणको मौकामा मोदीले मुक्तिनाथको समेत दर्शन गर्ने इच्छा राखेपछि गृहमन्त्रालयले उनको भ्रमण तालिकालाई समेत परिमार्जन गरेको छ । सोही दिन मोदी हेलीकप्टर मार्फत जनकपुरदेखि मुक्तिनाथ पुग्नेछन् ।
मोदी आउने अनौपचारिक निर्देशनसंगै मुक्तिनाथमा उनको स्वागत तयारी थालिएको हो । सुरक्षाको लागि आबश्यक तयारीसंगै मन्दिरको सरसफाई, मन्दिर र १०८ धारालाई रङरोगन गरि चिटिक्क पार्ने, हेलिप्याड बनाउने कार्यदेखि सडकलाई व्यवस्थित बनाउने काम समेत थालिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताए । उनका अनुसार, मोदीको भ्रमणलाई सुरक्षित र मर्यादीत बनाउन आबश्यक तयारी थालिएको छ । भारतीय प्रधानमन्त्रीलाई मुक्तिनाथमा प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङ लगायतले स्वागत गर्नेछन् । मोदीको धार्मिक भ्रमणको पूर्व सन्ध्यामा सुरक्षा अधिकारीहरु सहितको उच्च स्तरीय टोलीले मुक्तिनाथ क्षेत्रको सुरक्षा अवस्थाको बारेमा अवलोकन गरेका छन् । जिल्लाको सिमा नाकाहरुमा समेत सुरक्षा व्यवस्थालाई बलियो बनाउन थालिएको प्रजिअ पौडेलले जानकारी दिए । भ्रमणको तीन दिन अघि देखि नै थोराङ्लापास लगायतका सिमा क्षेत्रलाई बन्द गरिनेछ ।
समृन्द्री सतहदेखि ३ हजार ९०० मिटर उचाईमा रहेको मुक्तिनाथ मन्दिरको दर्शनको लागि आउन लागेका मोदीको स्वागतको लागि बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष छेम्चोक छेक्तेन गुरुङको संयोजकत्वमा स्वागत समिति समेत बनाईएको छ । स्थानीयले मौलिक कला संस्कृति समेत भारतीय प्रधानमन्त्री मोदीलाई देखाउने तयारी गरेका छन् । मोदी हेलिकप्टर मार्फत मुक्तिनाथ आउने भएकाले उनको स्वागतको लागि बेनी–जोमसोम सडक हुँदै प्रदेश नम्बर ४ का उच्च पदस्थ व्यक्ति एवम अधिकारीहरु मुक्तिनाथ पुग्नेछन् । हिन्दु र बौद्ध दुबै धर्मावलम्बीहरुको साझा धार्मिक स्थलको रुपमा परिचित मुक्तिनाथ भारतीय धर्मगुरुहरुले ज्ञान आर्जन गरेको स्थल समेत रहेकाले मोदीको हुन लागेको मुक्तिनाथ भ्रमणलाई विशेष महत्वको साथ हेरिएको छ ।
अर्कोतर्फ चीनको तिब्बतसँग जोडिएको मुस्ताङमा मुक्तिनाथ मन्दिर अवस्थित रहेकाले समेत मोदीको यो भ्रमणले बढी चासोको बिषय बनाएको छ । ४ बर्ष अघि मोदीले नेपाल भ्रमणको क्रममा मुक्तिनाथ जाने योजना बनाएपनि अन्तिम चरणमा स्थगीत गरेका थिए । यसैबिच मोदीको मुक्तिनाथ दर्शनको भ्रमण हुने भएपछि मुस्ताङबासी उत्साहीत बनेका छन् । मुक्तिनाथको दर्शन तथा भ्रमण गर्ने विदेशी पर्यटकहरुमा पहिलो स्थानमा रहेका भारतीय नागरिक माझ सकरात्मक सन्देश प्रवाह गर्न मोदीको भ्रमणले रचनात्मक भुमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मोरङको सीमावर्ती जोगवनी नाकामा कडाइ : नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

नेपालका गुन्द्रुक, कोदो, भटमास जस्ता कृषि उपजमा अस्ट्रेलियाले लगायो प्रतिबन्ध

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेकपाले तोक्यो जनवर्गीय संगठनका इन्चार्ज र सह–इन्चार्ज

नतिजा निकाल्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ परिणाम

पशुपति राममन्दिर नजिकै ३ थान ग्रिनेट भेटियो

कम्युनिस्टहरुलाई जिरोमा लैजाने षड्यन्त्र भइरहेको छ,पार्टी एकता बाध्यता भइसकेको छ– प्रचण्ड

लागुऔषधको निहुँमा पोखरामा ग्याङ फाइट, ६ जना पक्राउ

म जीवनी लेख्न होइन इतिहास लेख्न हिँडेको हुँ– रवि लामिछाने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com