काठमाडौं, १३ असार । शुक्रबार दिउँसो साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कालो मुस्लोसहितको धुवाँ उड्नेछ । केही हेलिकप्टर आपतकालीन उद्धारको शैलीमा विमानस्थल वरपर उड्नेछन् । काठमाडौं महानगरपालिकाका दमकल, सुरक्षाकर्मी र एम्बुलेन्स चर्को साइरन बजाउँदै विमानस्थल पुग्नेछन् । अन्तर्राष्ट्रिय विमानस्थलले हरेक दुई वर्षमा आपतकालीन उद्धार अभ्यास ...