ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशलाई स्वास्थ्य पर्यटन केन्द्र बनाउने– मुख्यमन्त्री राई


एबीसी न्यूज
भाद्र २७, २०७६ शुक्रबार  ८ : ३३ बजे

काठमाडौं, २७ भदौ । प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई स्वास्थ्य पर्यटन केन्द्रको रुपमा विकास गर्ने सरकारको चाहना रहेको बताउनुभएको छ । विराटनगर आँखा अस्पतालको १३ औँं वार्षिकोत्सव एवं पेइङ जाँच सेवा र रेफ्रेक्टिभ सर्जरी सेवाको आज यहाँ उद्घाटन गर्दै उहाँले अन्धोपन न्यूनीकरणमा देशमा ठूलो पहिचान बनाएकामा प्रशंसा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राईले न्यून शुल्कमा गुणस्तरीय सेवा प्रदान गरी विदेशी मुलुकका नागरिकलाई आकर्षित गर्ने कार्यबाट सबैले प्रेरणा लिनुपर्नेमा जोड दिनुभयो । नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय अध्यक्ष तीर्थप्रसाद मिश्रले सङ्घले अन्धोपन निवारणमा ९० प्रतिशत सहयोग पु¥याएको दाबी गर्दै आँखा उपचारका बिरामीले प्रयोग गर्ने सामग्रीमा भन्सार छुटको माग गर्नुभयो । सङ्घद्वारा सञ्चालित अस्पतालले विदेशी मुद्राआर्जन गरी स्थानीयस्तरमा रोजगारी र आर्थिक कारोवारमा वृद्धि गरेको उहाँले दाबी गर्नुभयो ।

सङ्घका महासचिव एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष श्यामकुमार पोखरेल, प्रा सञ्जयकुमार सिंहले सन् २०१८ मा अस्पतालले २३७ जनालाई आँखाको नानी प्रत्यारोपण गरेर अन्धोपन हटाएको जानकारी दिनुभयो । यस क्षेत्रमा एक हजार आँखाको नानी आवश्यक भएकामा गत वर्ष १० वटा सङ्कलन भएको र वार्षिक १०० वटा नानी सङ्कलन भएमा आँखा बैंकको स्थापना गरिने बताइएको छ ।

सङ्घद्वारा नेपालभरि १८ आँखा अस्पताल तथा ८६ उपचार केन्द्रमा सन् २०१८ मा २२ लाखले उपचार गराएका थिए भने दुई लाख ३० हजारको शल्यक्रिया गरिएको थियो । उपचार गराइएकामध्ये आठ लाख बिरामी विदेशी रहेको कार्यक्रममा जानकारी गराइयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com