ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेष्ट आईडियोलोजी सहकारीको १० औं साधारण सभामा संस्कृतिविद् जोशी सम्मानित


एबीसी न्यूज
भाद्र २८, २०७६ शनिबार   ८ : १७   बजे

काठमाडौं, २८ भदौ । जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । १० वर्ष पार गरेको अवसरमा संस्थाले संस्कृतितर्फ वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीलाई नगद ११ हजार एक सय ११ सहित सम्मान गरेको हो ।

सो अवसरमा सहकारीतर्फ सहकारी विकास बोर्डका संस्थापक दीपकप्रकाश बाँस्कोटा तथा पत्रकारितातर्फ पत्रकार टीकाराम यात्री लाई नगद पाँच हजार पाँच सय ५५ सहित सम्मान गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष राम प्रसाद आचार्यले १० वर्ष अवधि पार गर्दा संस्थाले सबैको सहयोग प्राप्त गरेको तथा आम शेयर सदस्यहरुलाई उचित मुनाफा दिन सकेको बताउँदै नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेकोमा भ्रमण वर्ष सफल बनाउन संस्थाले आफ्नो भूमिका अब्बल बनाउने जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि योगेश भट्टराईले भ्रमण वर्षमात्र नभई नेपाललाई पर्यटनको केन्द्र बनाउन सहकारी संस्थाहरुले आफ्नो क्षेत्रबाट काम गर्न आग्रह गरे । संस्थाका कार्यकारी संचालक हेम बहादुर कार्कीले संस्थाले संस्थाले १० वर्षको अवधि पार गर्दासम्म कूल कारोवार एक अर्ब ३८ करोड पु¥याई ९५ करोड निक्षेप संकलन गर्न सफल भएको बताए । कार्यक्रमका विशेष अतिथि एवं मिडिया सोसाईटीमा अध्यक्ष शुभशंकर कँडेलले सहकारी संस्थाहरुले वित्तिय कारोवारसँगै आम मानिसको जनजीवनमा प्रत्यक्ष जोडिएर स साना पूँजीहरुलाई परिचालन गर्ने हुँदा राज्यलाई सहयोग पुगेको बताए ।

कार्यक्रममा आईसिएकी निर्देशक एवं राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्ल, नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का वरिष्ठ उपाध्यक्ष परितोष पौडेल, राष्ट्रिय सहकारी बैंककी संचालक सरिता भट्टराई, एबिसी टेलिभिजनकी संचालक शारदा शर्मा कँडेल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group