ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेष्ट आईडियोलोजी सहकारीको १० औं साधारण सभामा संस्कृतिविद् जोशी सम्मानित


एबीसी न्यूज

काठमाडौं, २८ भदौ । जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । १० वर्ष पार गरेको अवसरमा संस्थाले संस्कृतितर्फ वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीलाई नगद ११ हजार एक सय ११ सहित सम्मान गरेको हो ।

सो अवसरमा सहकारीतर्फ सहकारी विकास बोर्डका संस्थापक दीपकप्रकाश बाँस्कोटा तथा पत्रकारितातर्फ पत्रकार टीकाराम यात्री लाई नगद पाँच हजार पाँच सय ५५ सहित सम्मान गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष राम प्रसाद आचार्यले १० वर्ष अवधि पार गर्दा संस्थाले सबैको सहयोग प्राप्त गरेको तथा आम शेयर सदस्यहरुलाई उचित मुनाफा दिन सकेको बताउँदै नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेकोमा भ्रमण वर्ष सफल बनाउन संस्थाले आफ्नो भूमिका अब्बल बनाउने जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि योगेश भट्टराईले भ्रमण वर्षमात्र नभई नेपाललाई पर्यटनको केन्द्र बनाउन सहकारी संस्थाहरुले आफ्नो क्षेत्रबाट काम गर्न आग्रह गरे । संस्थाका कार्यकारी संचालक हेम बहादुर कार्कीले संस्थाले संस्थाले १० वर्षको अवधि पार गर्दासम्म कूल कारोवार एक अर्ब ३८ करोड पु¥याई ९५ करोड निक्षेप संकलन गर्न सफल भएको बताए । कार्यक्रमका विशेष अतिथि एवं मिडिया सोसाईटीमा अध्यक्ष शुभशंकर कँडेलले सहकारी संस्थाहरुले वित्तिय कारोवारसँगै आम मानिसको जनजीवनमा प्रत्यक्ष जोडिएर स साना पूँजीहरुलाई परिचालन गर्ने हुँदा राज्यलाई सहयोग पुगेको बताए ।

कार्यक्रममा आईसिएकी निर्देशक एवं राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्ल, नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का वरिष्ठ उपाध्यक्ष परितोष पौडेल, राष्ट्रिय सहकारी बैंककी संचालक सरिता भट्टराई, एबिसी टेलिभिजनकी संचालक शारदा शर्मा कँडेल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com