ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खोप लगाएर मृत्यु भएका परिवारले पायो राहत


एबीसी न्यूज
भाद्र २७, २०७६ शुक्रबार  ८ : ४३ बजे

काठमाडौं, २७ भदौ । पूर्वीचौकी गाउँपालिका वडा नं ५ साबिकको काडामाण्डौं गाविस मा विसं २०६९ सालमा दादुराविरुद्धको खोप लगाउँदा ज्यान गुमाएका चार बालबालिकाका परिवारले राहत पाएका छन् । खोपमा असावधानीका कारण ती बालबालिकाको मृत्यु भएको थियो । मृत्यु भएको आठ वर्षपछि उनीहरुका परिवारले बल्ल आएर राहत पाएका हुन् ।

खोपका कारणले मृत्यु भएका बालबालिकाका परिवारलाई सर्वोच्च अदालतले खोप लगाएपछि मृत्यु भएका बालबालिकाका परिवारलाई क्षतिपूर्तिस्वरुप जनही रु दश/दश लाख दिन विसं २०७५ असार १४ गते नेपाल सरकारलाई आदेश दिएको थियो । अदालतको आदेशपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत पीडित बालबालिकाका अभिभावकको खातामा उक्त रकम जम्मा गराएको हो ।

मन्त्रालयले मदन भण्डारी फाउण्डेशनका अध्यक्ष लक्ष्मण मलासीमार्फत चार जनाको रु दश लाखका दरले रु ४० लाखको चेक जिल्ला प्रशासन कार्यालय डोटीमा पठाएको हो । प्राप्त रकम बैङ्क खातामार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले बताउनुभयो ।

विसं २०६९ मा दादुराविरुद्धको खोप लगाएलगत्तै बालिका मिलन नेपाली, सुजाता नेपाली, गौरी चिराल र अन्जु विकको मृत्यु भएको थियो । ढिलै भए पनि सरकारबाट न्याय पाएको आभास भएको विकका बुवा हरिभक्तले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले धेरै पटक सबैसँग आग्रह ग¥यौँ तर राहत पाउन सकेका थिएनौँ, अहिले पायौँ खुशी छौँ । ”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com