म्याग्दी, ६ असार । म्याग्दीको पौराणिक स्थल पछैमा परिकल्पना भएको एक दशकपछि रामायण पार्क ९उद्यान० निर्माण गर्ने योजना कार्यान्वयनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिका–५ पछैमा रामायण पार्क बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर कार्यान्वयनमा लगेको हो । ...