ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भीमदत्तलाई बाह्रसिङ्गाको नगरका रुपमा चिनाउने अभियान सञ्चालन


एबीसी / संवाददाता

कञ्चनपुर, १४ फागुन । भीमदत्त नगरपालिकालाई बाह्रसिङ्गाको नगरका रुपमा चिनाउनका लागि अभियान सञ्चालन गरिएको छ । पर्यटक आकर्षित गर्ने उद्देश्यले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका बाह्रसिङ्गालाई चिनाउनका लागि नगरपालिकाले अभियान सञ्चालन गरेको हो । नगरपालिकाले बाह्रसिङ्गालाई ब्राण्ड बनाउने घोषणा गरेको छ । “बाह्रसिङ्गालाई नगरको ब्राण्डका रुपमा घोषणा गरेका छौँ”, नगर प्रमुख सुरेन्द्र विष्टले भन्नुभयो, “बाह्रसिङ्गाको प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्छौं । बाह्रसिङ्गाको लोगो तथा पोष्टर कार्यालय, चोक चौराहमा राखेर प्रचार प्रसारकलाई व्यापक बनाउछौँ ।” नगरपालिकामा राखिने सबै प्रकाशनमा बाह्रसिङ्गाको लोगो राखिने उहाँले बताउनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वकै ठूलो बाह्रसिङ्गाको झुण्ड देख्न पाइन्छ । बाह्रसिङ्गामार्फत शुक्लाफाँटालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रचारप्रसारसँगै पर्यटन प्रवद्र्धन गर्ने नगरपालिकाको योजना छ । नगर प्रमुख विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रचूर सम्भावनाको धनी रहेकाले त्यसको प्रवद्र्धन कार्यलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो । आव ०७८/७९ को नीति तथा कार्यक्रममा समेत नगरपालिकालाई बाह्रसिङ्गाको नगरका रुपमा परिचित गराउने कार्यक्रम समावेश गरिएको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले भीमदत्त नगरपालिकाले बाह्रसिङ्गालाई ब्राण्डका रुपमा प्रयोग गर्ने कार्यसँगै नगरलाई बाह्रसिङ्गा नगर घोषणा गर्ने कार्य निकै सराहनीय रहेको बताउनुभयो । यस कार्यले निकुञ्जको पर्या-पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने र बाह्रसिङ्गाको प्रचारप्रसारमा सघाउ पुग्ने उहाँको विश्वास छ । ठूलो झुण्डमा निकुञ्जका फाँटमा चर्दै गरेका बाह्रसिङ्गा एकसाथ हेर्न सकिन्छ । बाह्रसिङ्गा हेर्नकै लागि टाढाटाढाबाट पर्यटक यस क्षेत्रमा पुग्ने गर्दछन् । निकुञ्ज बाह्रसिङ्गाका लागि दक्षिण एशियामै प्रसिद्ध छ ।

लहरै चर्न लागेका बाह्रसिङ्गा हेर्नका लागि शुक्लाफाँटमा पर्यटक पुग्ने गर्दछन् । निकुञ्जमा सन् २०१२ मा गरिएको गणनामा बाह्रसिङ्गाको सङ्ख्या दुई हजार १७० रहेको थियो । सुरक्षित बासस्थान र चरनको पर्याप्त क्षेत्र भएकाले त्यो सङ्ख्या अहिले बढेको अनुमान छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज २०२६ सालमा सिकार आरक्षका रुपमा स्थापना भई विसं २०३२ मा १५५ वर्ग किमी क्षेत्रफललाई समेटी शुक्लाफाँटा वन्यजन्तु आरक्षका रुपमा घोषणा गरिएको हो । विसं २०३६ सालमा आरक्षको पूर्वतर्फको १५० वर्ग किमी क्षेत्रफललाई विस्तार गरी आरक्षको क्षेत्रफललाई ३०५ वर्ग किमी बनाइएको थियो । विसं २०७३ फागुन ९ गते शुक्लाफाँटा वन्यजन्तु आरक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रुपमा घोषणा गरिएको हो । निकुञ्ज १७४ मिटरदेखि १३८६ मिटरको उचाइमा पर्छ । यो निकुञ्ज अन्य दुर्लभ वन्यजन्तु, पक्षी तथा वनस्पतिका लागिसमेत प्रसिद्ध छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कैलालीमा अवैध काठसहित ३ जना पक्राउ

ग्यास लिक भएर आगलागी हुँदा वृद्धको मृत्यु

सुदूरपश्चिममा प्रदेश सभामा एमालेको घेराउ र प्रदर्शन

सुदूरपश्चिममा गठबन्धनबीच मिल्यो भागबन्डा, कसले कति मन्त्रालय पाए ?

ढुंगाले लागेर यार्सागुम्बा संकलकको मृत्यु

डडेलधुरामा पखाला : एकको मृत्यु, एक सय ४८ प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com