दार्चुला/काठमाडौं, : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सुदूरपश्चिमको चुनावी दौडाहामा व्यस्त छन्। बुधबार उनी डडेलधुरा, बैतडी र दार्चुला पुगेका छन्। विशेष गरी दार्चुलामा पुग्दा उनलाई समर्थकहरूले घेरेका छन्। थामिनसक्नु भिड लागेको छ।
बालेनले आज रास्वपाका तीनवटा क्षेत्रका उम्मेदवारहरूसँग भेटघाट गरेका छन्।
- डडेलधुरा : उम्मेदवार डा. तारा जोशी
- बैतडी : उम्मेदवार हरिमोहन भण्डारी
- दार्चुला : उम्मेदवार राजेशसिंह सामन्त
दार्चुलाको गोकुलेश्वरमा रास्वपा सम्पर्क कार्यालयमा पुगेपछि कार्यकर्ता तथा स्थानीयबासीहरूले उनलाई स्वागत गरे। भेटघाट कार्यक्रममा बालेनले स्थानीय मुद्दा, विकास र युवा रोजगारीबारे कुरा गरेका थिए। समर्थकहरूले उनलाई फूलमाला लगाइदिएका छन्।
सुदूरपश्चिम यात्राको क्रम
- सोमबार–मंगलबार : कैलाली र कञ्चनपुरमा जनसभामा सहभागी।
- बुधबार : डडेलधुरा (महेश्वरीमोडमा कार्यकर्ता भेटघाट), बैतडी (पाटनमा सम्पर्क कार्यालयमा भेटघाट), दार्चुला (गोकुलेश्वरमा भेटघाट)।
बालेनको यो यात्रा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारको हिस्सा हो।
















तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी








प्रतिक्रिया दिनुहोस्