ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेनाको तीनदिने बृहद् प्रदर्शनी सुरु


एबीसी / संवाददाता

काठमाडौँ, १४ फागुन । नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्बन्धी विविध सामग्री तथा गतिविधि समेटेर तीनदिने बृहद् प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीमा नेपालका सेना नायक लगायतका तस्बिर, सैनिक ब्यान्ड, हातहतियार, उपकरण, पोसाक, खेलकुद तथा पर्वतारोहण एवम् विकास निर्माणमा सहभागितासम्बन्धी विषयवस्तु समेटिएको छ ।

राष्ट्रसङ्घीय शान्ति स्थापनामा सेना सहभागिता, विशेष फौज, एकीकरण पदमार्ग जगेर्ना, पदिक फौज र मद्दति अङ्ग, घोडचढी तथा भैैरव वहान गुल्म, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण सुरक्षा गतिविधिबारे प्रदर्शनी अवलोकन गरी जानकारी लिन सकिनेछ । सेनाले फागुन १७ गते महाशिवरात्रिका दिन सेना दिवस मनाउँदैछ । निःशुल्क प्रवेशको सुविधा रहेको सैनिक केन्द्रीय पुस्तकालय अगाडि मैदानमा तीन दिनसम्म बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । प्रधानसेनापति प्रभुराम शर्माले प्रदर्शनीको अवलोकनपछि सञ्चारकर्मी कुराकानी गर्दै गैरसैनिक नागरिक र विद्यार्थीलाई नेपाली सेनाको सङ्गठन, जिम्मेवारी, उपकरण, सैनिक नागरिक सम्बन्ध लगायतका विषयमा जानकारी लिने सन्दर्भमा निकै ज्ञानवद्र्धक रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली जनतालाई सेनाको गौरवमय इतिहास र वर्तमानबारे एकै स्थानबाट थाहा पाउन सजिलो होस् भन्ने हेतुले प्रदर्शनी आयोजनाको छ ।”

प्रधानसेनापति शर्माले सैनिक नागरिकको सम्बन्ध, नागरिकले सेनालाई सहयोग पुर्‍याउन सक्ने क्षेत्र र विषय, विपद्का बेला उपकरणको उचित प्रयोगबारे जानकारी दिने उद्देश्य रहेको प्रदर्शनी अवलोकनबाट बहुपक्षीय फाइदा लिन सकिने उल्लेख गर्नुभयो । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले सेनाबारे समाजका विभिन्न तह र तप्काका व्यक्तिलाई बुझ्न सहयोग मात्र होइन, सैनिक इतिहास बुझ्न सबैका लागि ज्ञानवर्दक हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सेनाले जिम्मेवारी निर्वाहका क्रममा विगतदेखि वर्तमानसम्म गरेको उल्लेखनीय कार्यलाई चित्रित गर्ने उद्देश्यले तस्बिर, हातहतियार, पोसाक, संलग्न भएका गतिविधि र आयामलाई प्रदर्शनीमा समेटिएको छ । प्रदर्शनीले सेनालाई नजिकबाट चिन्न सक्ने र सैनिक नागरिक सम्बन्ध विस्तारमा यो प्रदर्शनीले थप योगदान पुर्‍याउने सेनाले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश

काठमाडौं, १५ जेठ  ।  राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई

आइतबार ४ बजे बजेट भाषण, सांसदहरु ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने

काठमाडौं, १४ जेठ । आइतबार दिउँसो ४ बजेट बजेट भाषण सुरु हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि हो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सीमासम्वन्धी विषय संवेदनशील रहेको भन्दै वार्ता र संवादबाट समाधान गरिने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ

सम्बन्धित

विकास र समृद्धिको बाटोमा अघि बढ्ने हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री देउवा

आज गणतन्त्र दिवस : लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन

ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत

अर्थतन्त्र संकटमा छ,आयात प्रतिस्थापन गर्नैपर्छ : गगन थापा

दाङमा गोली लागेर एक जनाको मृत्यु

आगलागी नियन्त्रणसँगै खुल्यो मुग्लिन–नारायणगढ सडक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com