ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लेबननमा भएको आक्रमणमा तीन जना शान्ति सैनिकको मृत्यु


एबीसी न्यूज
चैत्र १७, २०८२ मंगलबार  १० : ३४ बजे

काठमाडौं, १७ चैत्र । लेबननमा भएको विस्फोटमा परी संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत खटिएका तीन जना शान्ति सैनिक मारिएका छन्।

सोमबार दक्षिणी लेबननमा शान्ति सैनिक सवार एउटा गाडीमा आक्रमण हुँदा २ जना मारिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

उक्त विस्फोट कसले गराएको भन्ने चाहिँ खुलाइएको छैन। विस्फोटमा परी २ जना घाइते भएका छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्का एक जनाको अवस्था मध्यम छ।

मारिएका दुवै शान्ति सैनिक इन्डोनेशियाबाट खटिएका शान्ति सैनिक हुन्। उनीहरू युनिफिलका दुई आधारबीच यात्रा गरिरहेका बेला दक्षिणी सहर बानी हाइयान नजिक विस्फोट भएको थियो।

त्यसअघि आइतबार भएको आक्रमणमा पनि एक जना शान्ति सैनिकको मृत्यु भएको थियो। ती शान्ति सैनिक पनि इन्डोनेसियाकै रहेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ।

आइबार अद्चित अल(कुसैर नजिक युनिफिलको एक चौकी आसपास प्रोजेक्टाइल विस्फोट हुँदा ती शान्ति सैनिकको मृत्यु भएको थियो। घटनामा एक जना गम्भीर घाइते भएका छन्।

यसरी चौबीस घन्टाको अवधीमा लेबननमा संयुक्त राष्ट्रसंघले खटाएका तीन शान्ति सैनिकको मृत्यु भएको छ।

युनिफिलकी प्रवक्ता क्यान्डिस आर्डियलले दुवै घटना फरक रहेको र छुट्टाछुट्टै अनुसन्धान गरिरहेको जानकारी दिएकी छन्।

इन्डोनेसियाको विदेश मन्त्रालयले पनि विस्फोटमा परी आफ्नो देशबाट शान्ति मिसनमा खटिएका सैनिकको मृत्यु भएको पुष्टि गरेको छ।

उसले घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै लेबननमा भइरहेको इसराइली हमलाको निन्दा गरेको छ।

उसले सबै पक्षहरूलाई लेबननको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्न, नागरिक जनसंख्या र पूर्वाधार विरुद्धको आक्रमण बन्द गरी शान्तिलाई अगाडि बढाउन संवाद र कूटनीतिमा फर्कन आह्वान गरेको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति सैनिकमाथि हुने आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन भन्दै निन्दा गरेका छन्।

लेबननमा सन् १९८७ मा स्थापना गरिएको युनिफिलमा करिब १० हजार शान्ति सैनिक तैनाथ छन्।

पछिल्लो घटनामा कसको संलग्नता रहेको हो भन्नेबारे तत्काल स्पष्ट नभएको संयुक्त राष्ट्रसंघले जनाएको छ। इसराइल, हिजबुल्लाह वा युनिफिल कसैले पनि तत्काल टिप्पणी गरेका छैनन्।

दक्षिणी लेबनानमा इसराइल र हिजबुल्लाहबीच बढ्दो द्वन्द्वकै बीच यी घटनाहरू भएका हुन्।

फेब्रुअरी २८ मा अमेरिका र इसराइलको संयुक्त हमलाबाट इरानी सर्वोच्च नेता आयातोल्लाह खामेनी मारिएका थिए। त्यसपछि लेबननबाट हिजबुल्लाहले इसराइलमा आक्रमण थालेको थियो।

जबाफमा इसराइलले लेबननमा हमला व्यापक बनाएको छ।

लेबननका अधिकारीहरूका अनुसार इसराइली आक्रमणमा हालसम्म १,२०० भन्दा बढी मानिस मारिएका छन् भने १० लाखभन्दा बढी विस्थापित भएका छन्। रोयटर्सका अनुसार हालैका आक्रमणमा स्वास्थ्यकर्मी र पत्रकारसमेत मारिएका छन्।

युनिफिलले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ

गुण्डागर्दीविरुद्ध प्रहरी अभियानः किमजोङसहित १७ जना पक्राउ

सम्बन्धित

फेवाताल मापदण्डमा पर्ने संरचना भत्काइयो

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

अस्पतालमै लिइयो ओलीको बयान, – हुलदंगा नियन्त्रण गर्ने विषय प्रधानमन्त्रीको होइन

अमेरिका–इरान युद्धको असर : ३८ नेपालीको शव ल्याउन समस्या

खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ

नवनिर्वाचित सभामुख अर्यालको शपथ आइतबार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com