ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते


एबीसी न्यूज
चैत्र १७, २०८२ मंगलबार  १२ : २० बजे

दार्चुला, १७ चैत्र । दार्चुलामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मंगलबार बिहान शैल्यशिखर नगरपालिका–४ ओसिलको देखालामा ओसिलबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ ज १६४१ नम्बरको जीप दुर्घटनामा परेको हो ।दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दार्चुलामा कार्यरत सब–इन्जिनियर मनिषा पाल र सोही कार्यालयका कर्मचारी भरत तितरोको घटनास्थलमै मृत्यु भएको दार्चुलाका प्रहरी प्रमुख गौरब महतले जानकारी दिए ।

शैल्यशिखर नगरपालिका–४ ओसिलमा योजना अनुगमनका लागि गएको उक्त जिप मंगलबार बिहान करिब ९ बजेतिर दुर्घटनामा परेको थियो ।दुर्घटनामा परी शैल्यशिखर नगरपालिका–४ का अकबर महर, सोही स्थानका गाडीधनी विक्रम महर, चालक प्रकाश ठगुन्ना तथा मालिकार्जुन गाउँपालिका–५ डाडाकोटका मिनबहादुर पाल घाइते भएका छन् । घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय दार्चुला तथा इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संसद सचिवालयले बोलायो सर्वदलीय बैठक : नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बुधबार

पूर्वसीडीओ रिजालको यस्तो थियो बयान– सिधै गोली चलाउने आदेश दिएको थिइनँ (पूर्णपाठ)

सम्बन्धित

प्रहरीले जाँच गर्दा भागेका युवा कालीगण्डकीमा हाम फालेर बेपत्ता

संसद सचिवालयले बोलायो सर्वदलीय बैठक : नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बुधबार

पूर्वसीडीओ रिजालको यस्तो थियो बयान– सिधै गोली चलाउने आदेश दिएको थिइनँ (पूर्णपाठ)

इरानसँगको युद्धमा ट्रम्पको नयाँ दाउ : हजारौँ अमेरिकी सैनिक पश्चिम एसियामा आइपुगे

लेबननमा भएको आक्रमणमा तीन जना शान्ति सैनिकको मृत्यु

काठमाडौंका पूर्व सीडीओ छविलाल रिजाल पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com