ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिलबहादुर रम्तेलको स्मृतिमा अक्षयकोष बनाउने अध्यक्ष दाहालको घोषणा


एबीसी / संवाददाता
फाल्गुन १४, २०७८ शनिबार  २ : ५७ बजे

काठमाडौँ, १४ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा पार्टीकोतर्फबाट अक्षय कोष बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दलित मुक्तिमोर्चाले आयोजना गरेको जनयुद्धका प्रथम सहिद दीलबहादुर रम्तेलको स्मरणमा आयोजित कार्यक्रममा उहाँले पार्टीकोतर्फबाट केही रकम उपलब्ध गराई त्यस्तो कोष स्थापना गर्ने बताउनुभयो ।

माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा २०५२ फागुन १४ गते गोरखामा दिलबहादुरको शहादत प्राप्त भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न जनयुद्धको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । जनयुद्ध र त्यसबाट स्थापित भएको मूल्य तथा मान्यतालाई उल्ट्याउने प्रवृत्ति, विचार देखिएको भन्दै उहाँले पछिल्लो पटक संविधान, गणतन्त्र, उत्पीडित जनताको अधिकार खोस्ने षड्यन्त्रलाई निष्काम बनाइए पनि त्यस्ता शक्ति अझै कायम रहेको उल्लेख गर्नुभयो । गठबन्धन सरकारको साझा कार्यक्रम बनाएर उत्पीडित वर्ग तथा समुदायको अधिकार स्थापित गर्ने प्रयास गरिरहेका भए पनि पछिल्लो दिनमा जनताले प्राप्त गरेको अधिकार गुम्ने त होइन भन्ने आशङ्का पैदा भएको अध्यक्ष दाहालको भनाइ छ । “संविधान, गणतन्त्र, लोकतन्त्रको रक्षाका लागि गठबन्धन स्थापना भएको भएपनि एमसिसीका कारण गठबन्धन टुट्ने, फेरि प्रतिगमनकारी शक्ति हाबी हुने त होइन भन्ने स्थिति अहिले बनेको छ । त्यसलाई रोक्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “संशोधनबिना एमसिसीलाई स्वीकार गर्न सकिँदैन भन्ने आफूहरुले धारणा रहेको छ ।”

अध्यक्ष दाहालले प्रतिगमनकारी गठबन्धन अगाडि नआओस् वा देश र जनताका पक्षमा बनेको गठबन्धन नटुटोस् भन्ने ध्येयका साथ आफूहरु लागिपरेको बताउनुभयो । एमसिसी सम्झौता पनि अगाडि बढोस् र गठबन्धन पनि नटुटोस् भन्ने ध्येयका साथ आफूहरु लागिपरेको जानकारी दिँदै उहाँले सकारात्मक परिणाम आउने विश्वास व्यक्त गर्नुभयो । जनयुद्धमा दलित समुदायको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पार्दै उहाँले समावेशी र समानुपातिक अधिकार दिएर मात्रै नपुग्ने भएकाले राज्यले विशेषाधिकार दिनुपर्ने व्यवस्था गर्नुपर्नेमा आफूहरु स्पष्ट रहेको बताउनुभयो । दलित समुदायलाई अधिकार सम्पन्न बनाउन विशेष अधिकारसहितको व्यवस्था गर्न राज्य लाग्नुपर्ने र एक स्थानबाट मात्रै पहल गरेर नपुग्ने भएकाले सबै क्षेत्रबाट पहल गर्नुपर्ने उहाँको भनाइ छ । सांस्कृतिक क्रान्तिबाट मात्रै दलित समुदायले खास अर्थमा मुक्ति पाउने भन्दै त्यसका लागि प्रतिबद्ध भएर लाग्न आग्रह गर्नुभयो । विगतको क्रान्तिकारी स्पिरिटबाट कही न कही स्खलन देखिएकाले त्यसलाई सुधार गरेर जानुपर्ने आवश्यकता औँल्याउनुभयो । अध्यक्ष दाहालले संविधानमा दलित समुदायका लागि महत्वपूर्ण अधिकार स्थापित गरिए पनि त्यसलाई कार्यान्वयन गर्नेतर्फ केही न केही शिथिलता देखिएको भन्दै सबै क्षेत्रबाट दबाब जरुरी रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्रीको अफिसियल फोटो एक दिनमा दुईपटक जारी , के हटाइयो ?

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

२०४८–२०६२ को ‘भ्रष्टाचारको सुनौलो युग’ : राडारमा को–को ? (पूर्णसूची)

“कर्मचारीतन्त्र खत्तम” भन्ने एमाले सांसदलाई बालेनको कडा जवाफ : ‘जड तपाईंहरू नै हो’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com