ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
प्रधानमन्त्रीको संसदमा स्पष्टीकरण अनिवार्य #abctvnepal -एमालेको बटमलाइन #balen#abcwatch #bignews ▶
प्रधानमन्त्रीको संसदमा स्पष्टीकरण अनिवार्य #abctvnepal -एमालेको बटमलाइन #balen#abcwatch #bignews
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“कर्मचारीतन्त्र खत्तम” भन्ने एमाले सांसदलाई बालेनको कडा जवाफ : ‘जड तपाईंहरू नै हो’


एबीसी न्यूज
चैत्र १७, २०८२ मंगलबार   ३ : ०१   बजे

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरिरहेका छन् । सोमबार कोशी र कर्णाली प्रदेशका सांसदसँग छलफल गरेका प्रधानमन्त्रीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् ।

एमाले सांसद ऐनबहादुर महरसहितका एमाले सांसदहरूले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गरेका थिए । तर प्रधानमन्त्रीले यस विषयमा कुनै प्रतिक्रिया नदिएको एक सांसदले अनलाइनखबरलाई बताए ।

एमाले सांसद महरले कर्मचारीतन्त्रका कारण सबै खत्तम भएको भन्दै यसमा सुधार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । त्यसमा प्रधानमन्त्री बालेनको जवाफ थियो, “यसको जड नै तपाईंहरू हो । कांग्रेस र एमालेले नै यसबाट सुधार सुरु गर्नुस् ।”

त्यसबाहेक गेटा अस्पताल निर्माणको विषय उठाउँदा प्रधानमन्त्रीले आफू यसको विकासका लागि तयार रहेको बताएका थिए । बालेनले भने, “गेटाको विषयमा अहिले हस्ताक्षर गर्नुपरे पनि तयार छु । कहिले गरौं ?”

सांसदहरूले सेती लोकमार्गको विषयमा पनि चासो राखेका थिए । उनीहरूले कैलाली–खक्रौला नाकादेखि चीनको सिमाना ताक्लाकोटसम्मको सडक निर्माणको काम अघि बढाउन सुझाव दिएका थिए । यसबारे प्रधानमन्त्रीले सकारात्मक चासो राखेको ती सांसदले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

फेसबुक, मेसेन्जर र इन्स्टाग्रामको सेवा पुनः सञ्चालनमा, केहीलाई अझै लगइन समस्या

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

सम्बन्धित

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

घरेलु मैदानमा क्यानडाको संघर्षपूर्ण सुरुआत, लारिन बने उद्धारकर्ता

फेसबुक, मेसेन्जर र इन्स्टाग्रामको सेवा पुनः सञ्चालनमा, केहीलाई अझै लगइन समस्या

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group