ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कष्टकर जीवन बिताउँदै वनहराका सुकुम्बासी


एबीसी / संवाददाता

कञ्चनपुर, १४ फागुन । डडेल्धुराको आलितालमा रहेको घर जग्गा पहिरामा परेपछि कञ्चनपुर झरेका दलबहादुर बोहरा तीन दशकदेखि वनहरा शिविरमा बस्दै आएका छन् । पहिरामा परेर घर जग्गा गुमाएपछि बासस्थानको खोजीमा बोहराको परिवार वनहरा नदी छेउको शिविरमा बस्दै आएका हुन् । बोहरासँगै पहिरामा घर जग्गा गुमाएका सात परिवार शिविरमा बस्दै आएका छन् । सबै जनाले मजदुरी गरी जीविका चलाउँदै आएका छन् । “मजदुरी गरेको पैसाले साँझ, बिहानको छाक टार्न नै पुग्दैन”, मानबहादुर बोहराले भन्नुभयो, “कहिलेकाहीँ दातृ निकायले दिएको राहतले जीविका चलाउनुपर्छ ।” शिविरमा बस्दै आएको झोपडीमा राखिएको प्लाष्टिकको त्रिपालमा निकै गर्मी हुँदा सुत्नै नसकिने अवस्था रहेको उहाँको भनाइ छ ।

“वर्षा हुँदा झोपडी नै चुहिने भएपछि वनहरा नदी माथिको पुल मुनि ओत लाग्नका लागि जाने गरेका छौँ”, शिविरका अर्का स्थानीवासी तुलाराम बोहराले भन्नुभयो, “गर्मी सुरु भएसँगै लामखुट्टेका कारण राति सुत्नसमेत सकिने अवस्था छैन ।” पुनःस्थापनको आशमा सुकुम्बासी परिवार वर्षौंदेखि शिविर बनाएर बस्दै आएका हुन् । केही परिवार वनहरा नदीको पुल मुनि बस्दै आएका छन् । बैतडीको तत्कालिन सिगास गाविस ढुङ्गाड क्षेत्रबाट वर्षअघि कामको खोजीमा तराई झरेका मानध्व लुहारसमेत सोही शिविरमा बस्दै आएका छन् । पहाडमा छँदा बाजेकै पालादेखि अरुको घरमा हलिया बनेर लुहारले काम गर्दै आएका थिए । उहाँका बुबालेसमेत सोही बिडोलाई थामे । उहाँलेसमेत केही समय हलिया बसेरै कार्य गरे । सरकारले हलियामुक्त घोषणा गरेपछि मालिकको घरबाट उनी बिदा भए, खाली हात परिवार बालबालिकासहित । उहाँले भन्नुभयो, “केही समय भारतमा होटलमा भाँडा माँझ्ने कार्य गरे ।” साथीभाई सँगै स्वदेशमै फर्केपछि घरबास नहुँदा नदीको बगरलाई बासस्थान बनाएर बस्नुपरेको उहाँले बताउनुभयो । देशको कुनै ठाउँमा आफ्नो घर र जग्गा भएको सम्झनासमेत उहाँलाई छैन । उहाँले भन्नुभयो, “बिहान छ बजेदेखि मजदुरी गरेर साँझको झिमिक्क साँझ नपर्दासम्म कार्य गरेर दैनिक रु २०० कमाइ हुने गरेको छ ।” मजदुरीको पैसाले राम्ररी खानसमेत पुग्दैन । वर्षमा एकपटक खरिद गरिएका लुगाले वर्षै धान्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । मालिकले साँझ ज्याला नदिए नजिकैको नदीको पानी पिएर बालबालिकासँगै भोकै कैँयाै रात सुतेको पीडा उहाँको छ ।

शिविरमा वर्षौंदेखि बस्दै आउनुभएका मथुरा दमाईंले पुर्खौंदेखिका हामी सुकुम्बासी रहेको बताउनुभयो । “डडेल्धुरामा गुठीको जग्गाामा बस्थ्यौँ । गुठीको जग्गाबाट हटाइएपछि दुई दशकदेखि शिविरमा बस्दै आएका छौँ”, उहाँले भन्नुभयो, “अरुको मल बोक्ने, खेत जोत्ने र बाली भित्र्याउने कार्य पुस्तौँदेखिको कार्य गर्दै आएका छौँ ।” ओत लाग्ने घरजग्गा नभएपछि बाध्य भएर शिविरमा बस्नुपरेको उहाँको भनाइ छ । “गुठीको जग्गाबाट बेदखल गरिएपछि खानाको खोजी र ओत लाग्ने ठाउँको खोजीमा बगरमा बस्न बाध्य छौँ”, उहाँले भन्नुभयो, “सुकुम्बासीलाई पुनःस्थापन गरी घरजग्गाको व्यवस्था गर्नका लागि आयोग बनेको सुनेर सुकुम्बासीको फाराम भरेका छौँ । फाराम भरेपछि जग्गा पाउने आश जागेको छ । कहिले जग्गा पाइन्छ । त्यसकै पर्खाइमा छौँ ।” शिविरमा बस्दै आउनुभएका कलावती दमाईंले गाउँगाउँमा अन्न मागेर कपडा सिलाइको कार्य गर्दै आउनुभएको छ । श्रीमान्का दुवै आँखामा आएको खराबीका कारण उहाँको दिनचर्या निकै कष्टमय भएको छ । घरबासका लागि जग्गा र घर नभएकाले आफू पनि अरु जस्तै उक्त शिविरमा बस्न आइपुगेको उहाँले बताउनुभयो । “कमाई गर्ने उमेरका दुई छोरा मजदुरीका लागि भारत पसेको दशक बढी भइसक्यो”, उहाँले भन्नुभयो, “घर फर्केर नआएकाले नदी किनारबाट दाउरा सङ्कलन गरेर नजिकैको बजारमा सस्तोमै बेचेर भएपनि एक छाकको खाना खर्च जुटाउने गरिएको छ ।”

शिविरमै आश्रय लिएका मोहन सुनार खुट्टाका अपाङ्ग छन् । उहाँकी श्रीमतीले संसार नै छाडेर बिदा भएपछि सानै उमेरका दुई छोरी र एक छोराको पालनपोषणको जिम्मा उनकै काँधमा आएको छ । दिनभरि गाउँगाउँ लठ्ठीको सहाराले पुगेर अन्न र लुगाफाटो माग्दै बालबालिकालाई साँझ बिहानको खर्च चलाउँदै आएको उहाँले बताउनुभयो । “बालबालिकाकै लागि बाँच्नुपरेको छ”, उहाँले भन्नुभयो, “घरजग्गा नभएकाले नदीको बगर नै सबैथोक मेरा लागि छ ।” शिविरमा झोपडी बनाएर बस्दै आएका एक दर्जन बढी भूमिहीनका ४० बढी बालबालिकासमेत शैक्षिक सामग्री र विद्यालय पोशाकका लागि खर्चको जोहो गर्न नसक्दा विद्यालय जानसमेत पाएका छैनन् । पुस्तौँदेखि सुकुम्बासी रहेका शिविरमा बस्दै आएका परिवारले भारतमा दरवारन र कुल्ली बनेर कार्य गर्नुपर्ने अवस्था अहिले पनि विद्यमान छ । युवा सबै भारतमा काम गर्छन् । बुढापाका, महिला र बालबालिका दोदा नदीमा बालुवा चाल्ने र कृषि मजदुरका रुपमा काम गर्दै आएका छन् । थोरै ज्यालामा काम गर्नुपर्दा साँझ बिहानको छाक टार्नसमेत यहाँ बस्दै आएका परिवारलाई हम्मेहम्मे छ । शिविरमा बस्दै आएकासँग आफ्नो जमिन भएको सम्झनासमेत छैन । बाजेभन्दा अगाडिको पुस्तादेखि नै उनीहरु अरुको घरमा काम गरेर जीवन चलाउँदै आएका हुन् । शिविरमा बस्दै आएकाहरुले भन्नुभयो, “ओत लाग्नका लागि घर, अन्न उब्जाउ गर्नका लागि जग्गा र घरखर्च चलाउनका लागि सीपमूलक रोजगारीको व्यवस्था भए जीवन सहज हुन्थ्यो ।” शिविरमा २४ परिवारको बसोबास छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कैलालीमा अवैध काठसहित ३ जना पक्राउ

ग्यास लिक भएर आगलागी हुँदा वृद्धको मृत्यु

सुदूरपश्चिममा प्रदेश सभामा एमालेको घेराउ र प्रदर्शन

सुदूरपश्चिममा गठबन्धनबीच मिल्यो भागबन्डा, कसले कति मन्त्रालय पाए ?

ढुंगाले लागेर यार्सागुम्बा संकलकको मृत्यु

डडेलधुरामा पखाला : एकको मृत्यु, एक सय ४८ प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com